म्याग्दी , २० बैशाख ।

म्याग्दीमा सरसफाईको सन्देश फैलाउन ‘फोहोर टिप्ने प्रतियोगिता’ गरिएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको म्याग्दी जेसीजले शनिवार बेनीमा फोहोर टिप्ने प्रतियोगिता आयोजना गरेको हो ।
दुई÷दुई जना सहभागी २० समूहले सहभागिता जनाएको प्रतियोगितामा सबैभन्दा धेरै फोहोर संकलन गर्ने महारानीथान आमा समूहका सिर्जना शर्मा र मिना जिसी प्रथम हुन सफल हुनभएको छ । त्यसैगरी बिटी सोप समूहका बिनम थजाली र एञ्जल थजालीको समूह द्धितीय र जिल्ला फुटवल संघका प्रजिया कार्की र रिधिमा भट्टचनको समूह तीतृय हुन सफल भएको म्याग्दी जेसीजका सहसचिब गोकुल सुनारले जानकारी दिनुभयो ।

बेनीको कालिपुल बसपार्कदेखि सुरु भएको प्रतियोगितामा निर्धारित ४५ मिनेटको समयमा सबैभन्दा धेरै फोहोर संकलन गर्ने समूहलाई बिजेता घोषणा गरिएको थियो । प्रथम हुने समूहले ४२ दशमलब ७२५ केजी, द्धितीय हुने समूहले ४२ दशमबल ४१५ केजी र तृतीय हुने समूहले ३३ दशमलब ५१५ केजी फोहोर संकलन गरेका थिए ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, शाखा अध्यक्ष विनोद घर्ति क्षेत्रीलगायतले प्रतियोगितामामा प्रथम, द्धितीय र तृतीय हुने समूहलाई आकर्षक गिफ्टका सामाग्री, करुवा र सरसफाई सामाग्री प्रदान गरी पुरस्कृत र सम्मान गर्नुभएको थियो थियो ।

सोही अबसरमा बेनी नगरपालिकाका ६ जना सरसफाई कर्मचारीहरुलाई समेत जनही नगद रु १ हजार पाँच सय र ज्याकेट प्रदान गरेर प्रोत्साहन गरिएको छ । सरसफाईको सन्देश फैलाउने उदेश्यले आयोजित फोहोर टिप्ने प्रतियोगिताबाट करिब तीन सय केजी फोहोर संकलन गरी व्यवस्थापन गरिएको कार्यक्रम संयोजक देवेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष श्रेष्ठले फोहोरले समाजमा पारेको नकरात्मक प्रभाब र सरसफाई सम्बन्धी सचेतना फैलाउन प्रतियोगिताले रचनात्मक सन्देश दिएको बताउनुभयो ।