क्यान म्याग्दीको गठन

विकल्प न्यूज/बेनी
फागुन २६ गते । 28958379_2046110992332401_342229990647005184_nशनिवार बेनीमा कप्यूटर तथा सूचना प्रबिधि संग संबन्धित व्यवसायीहरुको भेलाले कम्प्युटर एशोसियसन महासंघ नेपाल (क्यान) म्याग्दीको तदर्थ समिति गठन गरेको छ । भेलाले बामदेव रिजालको अध्यक्षतामा ७ सदस्यीय क्यान म्याग्दीको तदर्थ समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा ध्रुर्वराज कार्की,सचिव लालवहादुर कार्की,सहसचिव ज्ञानु श्रीस,कोषाध्यक्ष महेन्द्र रेग्मी,सदस्यहरु युवराज आचार्य र संगिता हमाल मल्ल चयन गरिएको अध्यक्ष रिजाले जानकारी दिनुभयो ।

तिन महिना भित्र अधिवेशन गरि क्यानलाई पूर्णता दिने रिजाले बताउनुभयो । यस अघि पनि क्यान म्याग्दी गठन भएता पनि क्रियाशिल नभएकाले पुन गठन गर्नुपरेको अध्यक्ष रिजालले बताउनुभयो ।