म्याग्दी समाचार
२०० वर्ष पुरानो पोखरीको पुनःनिर्माण

विकल्प न्यूज/बेनी बैशाख १४ गते । म्याग्दी -बेनी नगरपालिका–१, रत्नेचौरमा रहेको २०० वर्ष पुरानो मानवनिर्मित पोखरीको पुनःनिर्माण भएको छ । बेनी नगरपालिका र भूसंरक्षण कार्यालयको सहयोगमा स्थानीयवासीले ऐतिहासिक तथा पर्यटकीय महत्वको पोखरीको संरक्षण गरेका हुन् । तत्कालीन समयमा सिँचाइ, गाईबस्तुलाई खुवाउन र कपडा धुनका लागि पानी संकलन गर्ने उद्देश्यले स्थानीयवासीले पोखरी निर्माण गरेका थिए । पानीको […]
आज देखि जलजलाको कार्यालय लामाखेतमा

सन्तोष गौतम /विकल्प न्यूज बेनी १४ बैशाख । पर्वतको जलजला गाउँपालिकाको कार्यालय ४ नम्बर वडाको लामाखेतमा स्थानान्तरण भएको छ । दुई तिहाई बहुमतबाट गाउँसभाले गरेको निर्णय, संघीय सरकारको मन्त्रिपरिषद्को निर्णय र राजपत्रमा प्रकाशन भएको सूचना अनुसार स्थाई केन्द्र लामाखेतमा कार्यालय स्थापना भएको हो । यसअघि ३ नम्बर वडामा पर्ने अस्थाई केन्द्र साविक माझफाँट गाविसको भवनबाट […]
मोटरेबल पुल बनाउन ढिलासुस्ती

विकल्प न्यूज/बेनी बैशाख १३ गते । दुखुखोला र स्वाँता खोलामा सञ्चालीत मोटरेबल पुल निर्माण योजनामा ढिलाई भएको छ । जिल्ला प्राबिधिक कार्यालयद्धारा सञ्चालित दुवै आयोजना सम्पन्न गर्ने लक्षीत अवधिसम्म आधा समेत काम भएको छैन् । निर्माण व्यवसायीको ढिलासुस्ती, भौगोलिक बिकटता र प्राबिधिक कमजोरीका कारण पुल निर्माणमा ढिलाई भएको हो । बेनी–दरवाङ सडक अन्तरगत मालीका र […]
पुनहिलमा सार्वजनिक शौचालय निर्माण

विकल्प न्यूज/बेनी बैशाख १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने पर्यटकीय स्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण भएको छ । समुन्द्रि सतहदेखि तिन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सुर्योदय र हिमशृङखलाको अवलोकनका लागि पुग्ने पर्यटकको सुबिधाका लागि स्थानीय होटल व्यवसायीको पहलमा तिन वटा सार्वजनिक शौचालय निर्माण भएको हो । पर्यटक याममा दैनिक पाँच […]
खुल्यो करबाकेली पदमार्ग

सुरेन्द्र राना/म्याग्दी बैशाख १३ गते । संसारमै प्रख्यात अन्नपूर्ण क्षेत्रमा पर्ने म्याग्दीको पुनहिलमा बर्सेनी हजारौं पर्यटक पुग्छन् । त्यसको बेस क्याम्प घोडेपानीमा राम्रो चहलपहल हुन्छ । तर त्यही पुनहिलको दक्षिणी बेस क्याम्प फूलबारीमा भने कमै पर्यटक पुग्छन् । त्यसैले फूलबारी सहित समग्र करबाकेली क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन भर्खरै नयाँ पदमार्ग करबाकेली पदमार्ग एक्सप्लोर […]
जलजलामा फोहोर व्यवस्थापनको समस्या

विकल्प न्यूज/बेनी बैशाख १३ गते । जलजला गाउँपालिकाको बजार क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या देखिएको छ । तिब्र रुपमा बजारीकरण हुदै गएको बगरफाँट, वारीबेनी, लामाखेत, मोहनचोक, मिलनचोक, लस्ती बजारमा फोहोर व्यवस्थापन चुनौती बनेको छ । बजारका संकलन भएको फोहोर सडक, नदीको छेउछाउमा फाल्ने र आगो लगाउने गर्नाले स्थानीयबासी, पैदलयात्री र सवारी साधनबाट आवत जावत गर्नेहरु समस्यामा […]
मंगला गाउँपालिकाको एघार बिधेयक पारित

सन्तोष गौतम/विकल्प न्यूज बैशाख १२ गते । मंगला गाउँपालिकाको बुधबार बाबियाचौरमा सम्पन्न दोस्रो गाउँसभाले स्थानीय सरकार सञ्चालन सम्बन्धि विभिन्न ११ वटा बिधेयक पारित गरेको छ । अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गर्नुभएको बिधेयकहरु गाउँसभामा छलफलपछि सर्वसहमतीमा पारित भएको हो । गाउँपालिकाको आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७५, सहकारी ऐन, बजार अनुगमन निर्देशिका, कृषि […]
सांसद तुलाचनद्धारा बालिकाको अभिभावकत्व ग्रहण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ बैशाख । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले थासाङ गाउँपालिका ४ की एक बालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । जनप्रतिनिधिले विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेर भर्ना अभियान सञ्चालन गर्ने संघीय सरकारको कार्यक्रम अनुसार सांसद तुलाचनले अन्नपूर्ण आधारभुत विद्यालयको कक्षा १ मा स्थानीय कञ्चन बिकलाई भर्ना गराउनुभएको हो । सांसद तुलाचनले […]
धौलागिरीका अध्यक्ष र उपाध्यक्षद्धारा बालबालिकाको अभिभावकत्व ग्रहण

विकल्प न्यूज/बेनी म्याग्दी १२ बैशाख । धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । अध्यक्ष पुनले धौलागिरी गाउँपालिका ४ खिवाङकी बिन्दीका बुढालाई स्थानीय चन्द्रज्योती माविको कक्षा ६ मा भर्ना गराउनुभएको हो । अभिभावकको कमजोर आर्थिक अवस्था भएकी बुढालाई अध्यक्ष पुनले वार्षिक पढाई खर्च समेत ब्यहोर्ने बताउनुभएको […]
गरिमाको निक्षेप संकलन र व्यवसाय विस्तार ४०% ले बढ्यो

विकल्प न्यूज/बेनी बैशाख १२ गते । गरिमा विकास बैक (GBBL)ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा २८ करोड १५ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक १४ रुपैयाँ ८१ पैसा कायम गरेको छ । बैंकले गत आर्थिक बर्षको यहि अवधिमा २४ करोड ८५ लाख रुपैयाँ कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५६ पैसा पुरयाएको थियो […]
ब्यापार व्यवसायलाई गाउँपालिका मातहत ल्याउन सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ बैशाख / पर्वतको जलजला गाउँपालिकाका क्षेत्रमा सञ्चालीत उद्योग, पसल, फर्म र व्यवसायलाई स्थानीय तहको मातहत ल्याउन सुरु गरिएको छ । गाउँपालिकाको ९ वटै वडामा रहेका ब्यापार व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउन लागिएको हो । वडा स्तरमा जनप्रतिनिधि र कर्मचारीहरुको टोली परिचालन गरेर अनुगमन तथा ब्यवसाय दर्ता गर्न सुरु गरिएको प्रमुख प्रशासकीय […]
पौलत्स्य माविमा अक्षयकोष स्थापनाका लागि अभियान सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ बैशाख । बेनी नगरपालिका ५ भिरमुनीमा रहेको पौलत्स्य माविमा विभिन्न अवसरमा हुने फजुल खर्च कटाएर अक्षयकोष स्थापना गर्ने अभियान सुरु भएको छ । पूर्व विद्यार्थीहरुले जन्मदिन, बिवाह लगायत अवसरमा हुने खर्च कटाएर विद्यायमा अक्षयकोष स्थापनाका लागि सहयोग गर्न थालेका हुन् । पौलत्स्य मावि अक्षयकोष स्थापनाका लागि पूर्व विद्यार्थीहरुलाई आफ्नो जन्मदिन […]
गाउँपालिकासँग जोड्न सडक निर्माण सुरु

विकल्प न्यूज/बेनी बैशाख ११ गते । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–३ र ४ नम्बर वडा बराङ्जालाई गाउँपालिकासँग जोड्न सडक निर्माण सुरु भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७४÷७५ को वार्षिक बजेट तथा कार्यक्रममार्फत सडक निर्माणको काम अगाडि बढाइएको हो । मंगला–३, को सातबिसेदेखि सडकको ट्¥याक खोल्ने काम सोमबारदेखि औपचारिक रुपमा सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ […]
आफ्नै पालिकामा पुग्न ईन्डिया गए जस्तो भयो– राम्चेबासी

विकल्प न्यूज/बेनी बैशाख ११ गते । अन्नपूर्ण गाउँपालिका ८ राम्चेका बासिन्दाहरु गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि कम्तीमा तिन दिन समय बिताउनुपर्ने बाध्यता छ । यातायात र सडकको सहज सुबिधा नहुँदा ६ नम्बर वडामा पर्ने पोखरेबगरमा रहेको गाउँपालिको कार्यालयमा पुगेर सेवा लिन स्थानीयबासीलाई सास्ती भएको हो । पर्वतको जलजला देखि सदरमुकाम बेनी झरेर पुन रघुगंगा […]
घार स्वास्थ्य चौकीको भवन निर्माण कार्य तिब्र

विकल्प न्यूज/बेनी बैशाख ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा स्वास्थ्य चौकीको सुबिधासम्पन्न भवन निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत गत माघ महिनादेखि भवन निर्माण कार्य सुरु गरेको थियो । ठेक्का सम्झौता गरेको आचार्य उत्तरगंगा निर्माण सेवाले काम सुरु गरेको करिब तिन […]