विकल्प न्यूज/बेनी
फागुन २२ गते । २०६६ सालमा म्याग्दीको सदरमुकाम बेनीबजारमा आयोजित आमसभामा सहभागि हुन आएका तत्कालिन माओवादी नेता डाक्टर बाबुराम भट्टराईले पोलको अवलोकन गर्दै । तस्विर ठाकुरप्रसाद आचार्य
युद्धपोलका रुपमा चर्चा कमाएको विजुलीको पोल फिर्ता ल्याउनका लागि जिल्ला समन्वय समिति म्याग्दीले पहल थालेको छ । हाल काठमाण्डौंको एक क्याफेमा रहेको उक्त पोललाई जिल्लामा फिर्ता ल्याउनका लागि फागुन १३ गते वसेको वैठकले निर्णय गरेको जिससका अध्यक्ष देवेन्द्रवहादुर केसीले जानकारी दिनुभयो ।
२०६० चैत ७ गते तत्कालिन नेकपा माओवादीले बेनी आक्रमणका वेला सरकारी सेना र माओवादी सेना विच दोहोर गोली हानाहान हुँदा सयौं गोली लागेर पोल छियाछिया भएको थियो ।
स्थानीय सरोकारवाला निकायसंग समन्वय नगरी रातारात उक्त पोल गायब गरिएको भन्दै यसअघि पनि फिर्ता ल्याउन पटक पटक पहल गरिएको थियो । भिषण बेनी आक्रमणको निसानीका रुपमा रहेको उक्त विजुलीको पोलको जिल्लामानै संरक्षण गर्नुपर्ने भएकाले पोल फिर्ता ल्याउनका लागि जिससले निर्णय गरेको अध्यक्ष केसीले बताउनुभयो । धौलागिरि पर्यटन परिषद मार्फत पोल जिल्लामा फिर्ता ल्याउन लागिएको हो ।
जनयुद्धका निसानीलाई संरक्षण गरेर नयाँ पुस्ता र पर्यटकलाई समेत आकर्षीत गर्न सकिने भएकाले पोल फिर्ता ल्याउनका लागि पहल सुरु गरिएको धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँले बताउनुभयो । हाल काठमाण्डौंमा रहेको पोल
जिल्लाको पर्यटन प्रवद्र्धनका लागि पनि पोल फिर्ता ल्याउनका लागि आवश्यक भएको बताउँदै अध्यक्ष वानियाँले जिससको निर्णय सहित केही दिनमा आफूहरु काठमाण्डौ जाने तयारी गरेको बताउनुभयो । पोललाई बेनीमा फिर्ता ल्याइ संरक्षण गरेर राखिने योजना रहेको उहाँले बताउनुभयो ।
बेनीको भ्रमणमा आउने सर्वसाधारण तथा राजनीतिक दलका नेताहरू पोलको अवलोकन गरेर फर्कने गरेका थिए । तत्कालिन विद्युत प्राधिकरणका प्रमुख सहित कर्मचारीको मिलेमतोमा जिर्ण पोल भन्दै करिव ७ बर्ष अगाडि पाटनको एक रेष्टुरेन्टमा पु¥याइएको हो ।
मानवअधिकारकर्मी कनकमण्ी दिक्षितले सार्वजनिक स्थानमा रहेको पोल केही कर्मचारीसंग मिलेर काठमाण्डौ पु¥याएको सर्वसाधारणहरु बताउँछन् ।