म्याग्दी समाचार
सूचना तथा सञ्चार प्रबिधि दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ बैशाख । बेनीमा बुधबार एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय सूचना तथा सञ्चार प्रबिधि दिवस २०७५ मनाइएको छ । कम्प्युटर एशोसीयसन नेपाल महासंघ (क्यान) म्याग्दीले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो । दिवसको अवसरमा क्यानका याम केसीले वर्ड प्रेस, बल्गीङ, सामाजिक सञ्जालको विषयमा सहजिकरण गर्नुभएको थियो । […]
श्रमिक दिवसमा बिरामीलाई फलफूल

विकल्प न्यूज/बेनी बैशाख १८ गते । ‘आर्थीक र सामाजिक उन्नतिका लागी श्रमिक एकता’ भन्ने मुल नाराका साथ म्याग्दीमा पनि १२९ औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाईएको छ । नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति म्याग्दीको आयोजनामा बेनी जिल्ला अस्पतालमा रहेका बिरामिलाई फलफुल बितरण गरि श्रमिक दिवस मनाईएको हो । अस्पतालमा रहेका २४ जना बिरामीलाई फलफुल […]
पाँच हजार भक्तजनले मालिका दर्शन गरे

गोपाल छन्त्याल/बेनी बैशाख १८ गते । म्याग्दीको प्रसिद्ध धार्मिक गन्तव्यको रुपमा विकसित मालिकामा चण्डि पूर्णिमाका दिन पाँच हजार भक्तजनले दर्शन गरेका छन् । सोमबार एकैदिन उक्त सँख्यामा भक्तजनले दर्शनपुजन गरेको मालिका विकास क्षेत्रका अध्यक्ष छकप्रसाद पाइजाले जानकारी दिए । भक्तजनबाट २७ हजार ७ सय रुपैयाँ भेटी संकलन भएको अध्यक्ष पाइजाले जानकारी दिए । ‘बालीनालीको प्रवद्र्धन, […]
बेनी–पात्लेखेत सडक आयोजना सुरु

विकल्प न्यूज/बेनी बैशाख १८ गते । सदरमुकाम बेनी देखि पात्लेखेत जोड्ने सडक स्तारोन्नतीको काम सुरु भएको छ । बेनी नगरपालिकाले सदरमुकाम देखि १० नम्बर वडा पात्लेखेत जोड्ने सडक कालोपत्रेका लागि आयोजना सञ्चालन गरेको हो । बेनीको महारानीथानदेखि कालोपत्रे, घतान र पात्लेखेतको सिमाना अलवाङ देखि पात्लेखेतको ओखले हँुदै रघुगंगा गाउँपालिका ५ झिँको सिमाना सम्म सडक स्तरोन्नतीको […]
बेनी जोमसोम कोरला सडकको काम धमाधम

विकल्प न्यूज/बेनी बैशाख १८ गते । सरकारले मुस्ताङ स्थित कोरला नाका सञ्चालनका लागि पूर्वाधार निर्माण, सुरक्षा तथा प्रशासनीक तयारीका साथै कुटनीतिक पहल थालेको छ । प्रदेश ४ को “लाईफ लाईन” मानिएको ४३५ किलोमिटर दुरीको त्रिवेणी–कोरला जोड्ने कालीगण्डकी कोरीडोर सडक योजनाले तिब्रता पाएपछि ब्यापारिक तथा पर्यटकीय महत्वको कोरला नाका सञ्चालन हुने आशा जागेको छ । कोरिडोर […]
भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणको क्रममा मुक्तीनाथको दर्शन गर्न आउने

विकल्प न्यूज/बेनी बैशाख १८ गते । भारतिय प्रधानमन्त्री दुइदिने नेपाल भ्रमणको शिलशिलामा प्रशिद्ध धार्मिक स्थल मुक्तीनाथको दर्शन गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ गते नेपाल आउने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणका क्रममा काठमाडौं नभई जनकपुरमा उत्रने भएका छन् । त्यहाँ उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी […]
रघुगंगाको गाउँसभा स्थगित

गोपाल छन्त्याल/बेनी बैशाख १७ गते । रघुगंगा गाउँपालिकाको गाउँसभा स्थगित भएको छ । सोमबार सुरु भएको गाउँसभामा प्रस्तुत विभिन्न १२ वटा विद्येयक तथा निर्देशिका बारे गाउँपालिका सदस्यहरुले अध्ययनको समय माग गरेपछि गाउँसभा स्थगित गरिएको हो । गाउँपालिकाको दैनिक प्रशासन देखि विकास निर्माणका कार्यहरुलाई व्यवस्थित बनाउन शिक्षा, सहकारी, कृषि, न्यायिक समिति गठन कार्यविधी, बार्षिक योजना तर्जुमा […]
यसरी हुँदै छ मंगलामा शिक्षा र न्यायको काम

विकल्प न्यूज/बेनी बैशाख १७ गते । शिक्षकलाई जिम्मेवार बनाउदैछौं सतप्रसाद रोका अध्यक्ष मंगला गाउँपालिका हामी निर्वाचित भएर जनप्रतिनिधिको रुपमा जिम्मेवारी सम्हालेको पछिल्लो एक वर्ष संक्रमणकालमै बित्यो । अहिलेसम्म कानुन नबन्दा हामीलाई संबिधानले स्थानीय तहलाई दिएको अधिकार प्रयोग गरेर धेरै गाहे अप्ठ्यारो परेको थियो । गाउँसभाबाट पारित भएका ऐनहरु अब कानुनको रुपमा कार्यान्वयन हुन्छन् । पालिकाको […]
मालिकामा भक्तजनको घुइँचो

सन्तोष गौतम/विकल्प न्यूज मालिका १७ बैशाख । म्याग्दीको मालिका गाउँपालिका ६, ७ र रघुगंगा ६ को सिमा क्षेत्रमा अवस्थित मालिकामा सोमबार चण्डीपूर्णीमा पर्वको अवसरमा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा अवस्थित मालिकामा राती बाह् बजेदेखि अपराहन्नसम्म पुजाआजा भएको थियो । म्याग्दी, पर्वत, बागलुङ, कास्की, काठमाडौ […]
सरकारी अनुदानमा नक्कली भूकम्प पीडितको रजाई

सन्तोष गौतम/विकल्प न्यूज बैशाख १७ गते । बेनी / तिन वर्षअघिको भूकम्पबाट पीडित भएकाको नाममा म्याग्दीमा सरकारी अनुदान दुरुपयोगको जोखिम देखिएको छ । नक्कली भूकम्प पीडित बनेर सरकारी अनुदान लिएर राज्यकोषको दोहन गर्ने जोखिम देखिएको हो । सरकारी निकाय र प्राबिधिक समेतको मिलेमतोमा नक्कली भूकम्प पीडितलाई अनुदान वितरण गरिएको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको […]
धौलागिरि हिमाल आरोहणमा गएका पर्यटकको मृत्यु

१७ वैशाख, काठमाडौं । धौलागिरि हिमाल आरोहणका लागि गएका एक पर्यटकको मृत्यु भएको छ । १५ हिमाल आरोहणका लागि इटलीका ३७ वर्षीय सिमोन ला तेर्राको हिमपहिरोमा परी मृत्यु भएको हो । गत शुक्रबारदेखि हराएका उनको शव शनिबार फेला परेको प्रेस्टिज एडभेन्चरका डम्बर पराजुलीले जानकारी दिए । उनको शव सोमबार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याइएको प्रहरीले […]
धर्मको पहिलो वैज्ञानिक गौतम बुद्ध, २५६२ औं बुद्धजयन्ती आज

१७ वैशाख, काठमाडौं । आज वैशाख शुक्ल पूणिर्माको दिन अर्थात् बुद्ध जयन्ती । आजको दिन बुद्ध जन्मिएका थिए । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए । बुद्ध शव्दको अर्थ जागेको व्यक्ति भन्ने हुन्छ । बुद्ध पूर्ण रूपमा सांसारिक मोहको पीडावाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक […]
बेनीमा एनसीसी बैंकको शाखा स्थापना

विकल्प न्यूज/बेनी बैशाख १६ गते । नेपाल क्रेडीट एण्ड कमर्स (एनसीसी) बैङ्कले बेनी नगरपालिका ८ न्युरोडमा शाखा स्थापना गरेर वित्तिय सेवा सुरु गरेको छ । ८८ औ शाखाको बैङ्क सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले उद्घाटन गर्नुभएको हो । आधुनिक प्रबिधिको प्रयोग गरि सहज, सरल, सुलभ रुपमा बचत, ऋण लगानी, रेमिट्यान्स, एटीएम लगायत वित्तिय सेवा […]
२६४२ औं लुम्बिनी दिवस मनाउन सुरु

सन्दिप शर्मा/म्याग्दी बैशाख १५ गते । म्याग्दीमा २६४२ औं लुम्बिनी दिवस मनाउन सुरु गरिएको छ । म्याग्दी बौद्व संघ, बेनी को संयोजनमा ३ तिनदिने कार्यक्रम गरेर लुम्बिनि दिवस मनाउन सुरु गरिएको म्याग्दी बौंद्व संघका संयोजक यजनलाल शाक्यले जनाकारी दिनुभयो । दिवसको पहिलो दिन शनिवार बुद्व विहार मंङ्गलघाटमा महिला बौद्व संघ बेनीको संयोजन्मा वुद्वको मुर्तिलाई पुजा […]
महभिर–घराम्दी–पेरीभारानी सडकको भब्य उद्घाटन (फोटोफिचर)

सन्तोष गौतम /विकल्प न्यूज घराम्दी १५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ घराम्दीमा स्थानीय बासिन्दाले एक करोड रुपैयाँ भन्दा बढी चन्दा जुटाएर निर्माण गरेको सडकको शनिबार उद्घाटन गरिएको छ । महभिर घराम्दी पेरीभारानी सडक उपभोक्ता समितिले आयोजना गरेको समारोहमा घराम्दी घर भई हाल बेलायत निवासी बरिष्ठ चन्दादाता होमबहादुर फगामी र ९४ वर्षिया जेष्ठ नागरिक तिलीसरा […]