म्याग्दी समाचार

पौडेल दम्पत्तीद्धारा टोड्केको स्वर्गेद्धारी आश्रममा २ लाख ५० हजार मुल्यका मुर्ती दान

विकल्प न्यूज/बेनी फागुन २ गते । टोड्केमा रहेको स्वर्गद्धारीको शाखा आश्रमलाई बागलुङका एक दम्पत्तीले २ लाख ५० हजार बराबरको मुर्ती सहयोग गरेका छन् । मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित टोड्केमा रहेको शिवालय मन्दिरलाई बागलुङ नगरपालिका–२ श्रीनगरटोल निवासी माधवप्रसाद पौडेल र विष्णुकुमारी पौडेलले भगवान शिवजीको पत्थरका मुर्ती, शिव लिङ्ग,घण्टी र जलधार गरी कुल २ लाख […]

क्यान्सर पीडित दुर्गालाई हङकङबाट सहयोग

विकल्प न्यूज/बेनी फागुन २ गते । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँका क्यान्सर पीडित दुर्गा वहादुर लाम्गादेलाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारीको शिलशिलामा हङकङमा रहनुभएका बेनी नगरपालिका ८ संगमचोकका कृष्ण धमालले लाम्गादेको उपचारमा सहयोग पु¥याउन १५ हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो । बुधबार ओमकुमारी शान्तीकोषका अध्यक्ष राजेश शाक्यलाई धमालका दाजु दिपेन्द्र विश्वकर्माले […]

गलेश्वरमा एकै दिन साढे दुई लाख भन्दा बढी भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ फागुन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा एकै दिन साढे दुई लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । महाशिवरात्री पर्वको अवसरमा मंगलबार गलेश्वरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनले दुई लाख ६६ हजार ९८८ रुपैयाँ भेटी चढाएका हुन् । गलेश्वर क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले […]

तलबको माग गर्दै ज्ञापनपत्र

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ फागुन ।तलब उपलब्ध गराउन माग गर्दै शिक्षकका पेशागत संगठनहरुले बुधबार म्याग्दीका तिन वटा स्थानीय तह र शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताहरुलाई दोस्रो चौमासीकको तलब वितरण गर्न नसकेका बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा शिक्षक संगठनले ज्ञापनपत्र बुझाएका हुन् । नेपाल राष्ट्रिय […]

बेनीमा म्याद नाघेका औषधि र खाद्यबस्तु बरामद

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ फागुन ।बेनीमा बुधबार बजार अनुगमन टोलीले बिक्रीका लागि राखिएका म्याद नाघेका औषधि र खाद्यबस्तु बरामद गरेको छ । होटल तथा रेष्टुरेन्ट, मासु, खाद्यान्न र औषधि पसलहरुको अनुगमन गर्दा भेटिएका म्याद नाघेका सामान बरामद गरीएको अनुगमन टोलीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा प्रहरी, बेनी नगरपालिका, कोलेनीका, […]

दरवाङ्ग आयोजनामा ५ बैंकले ३५० करोड लगानी गर्ने, ३० प्रतिशत सेयर सर्वसाधारणलाई

विकल्प न्यूज/बेनी फागुन २ गते । म्याग्दीको म्याग्दि खोलामा निर्माण हुने २५ मेगावाटको दरवाङ्ग म्याग्दि जलविद्युत आयोजनामा चार वाणिज्य बैंक र दुई विकास बैंकले लगानी गर्ने भएका छन् । फाल्गुण २ गते कम्पनी र बैंकहरुबीच जलविद्युत उत्पादनको लागि वित्तिय व्यवस्थापन सम्झौता भएको कम्पनीले जनाएको छ । उक्त आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी […]

प्रदेश ४ : सभामुखमा नेत्रनाथ निर्विरोध, पर्सि मुख्यमन्त्रीसँगै सपथ

२ फागुन, पोखरा । प्रदेशसभा ४ को सभामुखमा माओवादी सांसद नेत्रनाथ अधिकारी निर्विरोध भएका छन् । बुधबार मनोनयन दर्ताको दिन अधिकारीको मात्र उम्मेदवारी परेको हो । मनोनयनका लागि बुधबार बिहान साढे १० देखि साढे १२ बजेभित्र मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । अधिकारीको प्रस्तावकमा माओवादी सांसद हरिबहादुर चुमान र समर्थकमा एमाले सांसद किरण गुरुङ […]

पत्रकारिता पुरस्कारको घोषणा

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ फागुन । मंगला गाउँपालिका २ सिमलचौरमा रहेको केडी कटेजले आफ्नो वार्षिक उत्सवको अवसरमा पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । दोस्रो वार्षिक उत्सवको अवसरमा आगामी ५ गते ११ हजार १११ रुपैयाँ पुरस्कार राशीको पत्रकारीता पुरस्कार प्रदान गर्ने बुधबार बेनीमा आयोजित पत्रकार भेटघाटमा सञ्चालक अकोश पौडेलले जानकारी दिनुभयो । नेपाल पत्रकार […]

विकास निर्माणमा उद्दाहरणीय कार्य ः लक्ष्य अघिनै भवन निर्माण

विकल्प न्यूज/बेनी फागुन २ गते । रघुगंगा गाउँपालीका २ भगवतीमा निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन । तस्विर धिरन खत्री समयमै पुरा नहुने, अलपत्र पर्ने र गुणस्तरीय काम नहुने म्याग्दीको विकास निर्माणको प्रमुख चुनौती हो । म्याग्दीमा सञ्चालीत सडक, भवन, सिँचाई, खानेपानी, जलविद्युत, नदी नियन्त्रण सम्बन्धि दर्जनौ ठूला आयोजना ढिलासुस्तीले थला परेका छन् । उपभोक्ता […]

म्याग्दीमा “मिटर ब्याज”को अबैध धन्दा मौलाउँदो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,फागुन २ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा “मिटर ब्याज”को अबैध धन्दा मौलाउँदै गएको छ । छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ । गैरकानुनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ताको भागाभाग भएको छ । मिटर ब्याजमा […]

शिवालय गुफा संरक्षण समितिको अधिवेशन

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ फागुन । जलजला गाउँपालिका ४ मा रहेको शिवालय गुफा संरक्षण समितिको १८ औ साधारणसभा तथा छैठौ अधिवेशन मंगलबार मल्लाजमा सम्पन्न भएको छ । अधिवेशनले मेघनाथ पौडेलको अध्यक्षतामा समितिको कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा जमुना मल्ल, सचिवमा हिराबहादुर जिसी, कोषाध्यक्षमा भगीरथ आचाय र सहसचिवमा कृष्णप्रसाद पौडेल रहनुभएको छ । सदस्यहरुमा […]

सुदिप रावल स्मृति कोषद्धारा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, १ फागुन ।         वि.स २०६६ फागुन १ गते बागलुङमा दुर्घटनामा परि दिवंगत भएका रावलको स्मृतीमा स्थापना भएको कोषले औसत अंकमा जिल्लामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई सम्मान गरिएको हो । जिल्ला प्रथम हुने न्यु वेष्ट पोइन्ट आवासीय माविकी छात्रा गंगा शेरपुञ्जा (७९.२), द्धितीय हुने माउण्ट एभरेष्ट […]

सदरमुकाम बाहिर पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर १ फागुन । म्याग्दीमा पहिलो पटक सदरमुकाम बेनी बाहिर अन्तर विद्यालय स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीले यही फागुन १६ देखि १९ गतेसम्म मालीका गाउँपालिकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । बाबियाचौर स्थित मंगला माविमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा […]

तलब नपाएपछि शिक्षकहरुद्धारा आन्दोलनको घोषणा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ फागुन । म्याग्दीको तिन वटा स्थानीय तहका शिक्षकहरुले चालु आर्थिक वर्षको दोस्रो चौमासीकको तलब अझै पाउन सकेका छैनन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामामा रहेका सामुदायिक विद्यालयका शिक्षक, विद्यालय कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताहरुले गत मंसिरमै पाउनुपर्ने तलब अझै नपाएका हुन् । स्थानीय तहका जनप्रतिनिधिको बेवास्ता, कर्मचारीको ढिलासुस्ती, शिक्षा […]

उपल्लो मुस्ताङ र म्याग्दीको उच्च पहाडी बस्तीमा हिमपात

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २९ माघ । जल तथा मौसम विज्ञान बिभागको मौसम पुर्वानुमान महाशाखाले सोमबार राती नेपालको मध्य तथा पश्चिमी क्षेत्रमा साधारण बदली भई पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने जनाएको छ । मंगलबार पनी मौसम बदली हुने महाशाखाले जनाएको छ । मुस्ताङको मुक्तिनाथ, लोमान्थाङ र कोरला क्षेत्रमा आईतबार राती […]