चार सहकारीका सञ्चालकहरुबीच अन्तरक्रिया

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २४ चैत ।

IMG_9725बेनीमा शनिबार देशका विभिन्न ठाउँका चार वटा सहकारीका सञ्चालकहरुबीच अन्तरक्रिया भएको छ ।

बेनी स्थित दिदीबहीनी बचत तथा ऋण सहकारी संस्थाको अध्ययन भ्रमणमा आएका बुटवलको अमरज्योत, गोरखाको सनराईज र स्याङ्जाको प्रगतिशिल ऋण तथा बचत सहकारी संस्थाका १३० जना सञ्चालक तथा सेयर सदस्यहरु अन्तरक्रियामा सहभागीता रहेको थियो ।

चार वटै सहकारीका प्रतिनिधिले आफ्नो संस्थाका गतिबिधिका बारेमा जानकारी गराउनुका साथै अन्तरक्रिया गरिएको थियो । दिदीबहीनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्योती लामीछाने पौडेलको अध्यक्षता, उपाध्यक्ष बिष्ण गौतम सापकोटाको स्वागत र सचिव सुगम श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा अमरज्योतीका सचिव कृष्णप्रसाद पौडेल, सनराईजका अध्यक्ष राम्जी अधिकारी र प्रगतिशिल सहकारीकी अध्यक्ष गिता शर्माले आफ्नो संस्थाको गतिबिधि र अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । महिलाहरुको मात्र सहभागीता र ब्यवस्थापनमा सञ्चालीत दिदीबहीनी बचत तथा ऋण सहकारी संस्थाको अध्ययन अवलोकनका लागि देशका विभिन्न ठाउँका सहकारी सञ्चालकहरु आउने गरेका छन् ।