आर्थिक गणनामा खटिने गणकहरुका लागि तालीम सम्पन्न

सन्तोष गौतम /विकल्प न्यूज
बेनी २४ चैत । Arthik Ganana 2आगामी बैशाख १ गतेदेखि सुरु हुन लागेको आर्थिक गणनामा खटिने गणक र सुपरिवेक्षकहरुका लागि शनिबार बेनीमा गणक तालीम सम्पन्न भएको छ ।

तथ्याङ्क बिभागको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको तालीममा २२ जना गणक र सुपरिवेक्षकहरुको सहभागीता रहेको थियो । जिल्ला आर्थिक गणना अधिकृत गोविन्दप्रसाद ढुङगाना र कार्यालयका डिल्लीराम रेग्मीको सञ्चालनमा सम्पन्न तालीमको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले समापन गर्नुभएको थियो ।

तथ्याङ्क बिभागले आर्थिक कारोबार गर्ने ईकाईहरुको बैशाख १ गतेदेखि देशैभर एकैपटक नेपालमा पहिलो आर्थिक गणानाको तयारी गरेको छ । आर्थिक ईकाईको सञ्चालन गर्ने उद्योग, प्रतिष्ठान, ब्यवसायको तथ्याङ्क संकलन गर्न लागिएको हो ।

देशको आर्थिक अवस्थाको बारेमा तथ्याङ्क संकलन, कुल ग्राहस्थ उत्पादन पहिचान गरी स्थानीय तह, प्रदेश र संघीय सरकारको योजना, बजेट र निती तथा कार्यक्रम तयार पार्न सहयोग पु¥याउने आर्थिक गणानाको प्रमुख उद्देश्य रहेको छ । बैशाख १ गतेदेखि दुई महिनासम्म म्याग्दी लगायत देशका ७७ वटै जिल्लामा एकैसाथ आर्थिक गणना गरिने अधिकृत ढुङ्गानाले बताउनुभयो ।