मलेसीयामा ज्यान गुमाएका परियारको आफन्तका लागि सहयोग संकलन

विकल्प न्यूज/बेनी
चैत २६ गते ।30530620_1993471790725312_5987045506309841578_nरोजगारीको शिलशिलामा मलेसीयामा रहेको क्रममा चैत १२ गते ज्यान गुमाएका मालीका गाउँपालीका २ रुमका वुद्धी परियारको घरपरिवारको लागि बेनीमा आर्थिक सहयोग संकलन गरिएको छ ।

किरीयाखर्च, ५ वर्षिया छोरीको पठनपाठन र मृगौला रोगले थलिएका वृद्ध बुवा रनबहादुरको उपचारमा सहयोग गर्ने उद्देश्यले म्याग्दी प्रवासी उत्थान साझा मञ्च अन्तराष्ट्रिय कार्य समितिको पहलमा सोमबार बेनीमा घरदैलो गरिएको हो ।

बेनी बजारमा गरिएको घरदैलोका क्रममा ४९ हजार २५५ रुपैया संकलन भएको अभियानका म्याग्दी संयोजक अमित विश्वकर्माले बताउनुभयो । सबैभन्दा बढी सुरत केसीले दुई हजार ५०० रुपैया सहयोग गर्नुभएको छ ।

विश्वकर्माको नेतृत्वमा दलित अधिकारकर्मी बालकुमार लामीछाने विश्वकर्मा, याम किसान, प्रेम नेपाली, सञ्चारकर्मी पदम विश्वकर्मा लगायतको सहभागीतामा घरदैलो गरिएको थियो मञ्चको तर्फबाट अन्तराष्ट्रिय समितिका संयोजक प्रेम रसाईलीको नेतृत्वमा विश्वका विभिन्न देशमा समेत सहयोग संकलन अभियान सञ्चालन गरिएको छ ।