नरबहादुर उपचारका लागि जापानबाट आर्थिक सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २६ चैत । IMG_9734मजदुरी गर्ने क्रममा आँखाको ज्योती र एउटा हात गुमाएका बेनी नगरपालिका २ भकुण्डेका ५९ वर्षिय नरप्रसाद सुनारको उपचारका लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सुनारको उपचारका लागि सञ्चालन गरेको अभियानमा जापानमा चिरिञ्जवी शाहको पहलमा संकलन भएको ४२ हजार ८०० रुपैया सोमबार बेनपा २ का वडा अध्यक्ष हिराबहादुर थापाले कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभयो ।

वि.स २०६५ चैत ३ गते बागलुङमा रहेको विश्वकर्मा माविको भवन निर्माणका लागि बिस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाउने क्रममा छर्राले लागेर दुवै आँखाको ज्योती र देवे्र हातको कुहिना देखिको तलको भाग गुमाएका सुनारको उपचारका लागि कोषले हालसम्म एक लाख रुपैया उपलब्ध गराइसकेको छ ।

पहिलो शल्यक्रिया सफल भएका सुनारको आँखाको दोस्रो शल्यक्रियाको तयारी भएको छ । सुकुम्बासी सुनारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि कोषले गत पुष २१ गतेदेखि अभियान सुरु गरेको थियो ।