म्याग्दी समाचार

म्याग्दीमा आर्थिक गणनाको तयारी

सन्तोष गौतम/विकल्प बेनी २२ चैत । तथ्याङ्क बिभागले आर्थिक कारोबार गर्ने ईकाईहरुको विवरण संकलन गर्न म्याग्दीमा आर्थिक गणानाको तयारी गरेको छ । नेपालमा पहिलो पटक यस वर्ष बैशाख १ गतेदेखि हुन लागेको आर्थिक गणानाका लागि बेनीमा कार्यालय स्थापना गरेर गणक र सुपरीवेक्षकहरुका लागि तालीम सञ्चालन गरिएको छ । म्याग्दीका छ वटै स्थानीय तह र ४५ […]

धौलागिरीमा वेभसर्वरको सेवा विस्तार

सन्तोष गौतम/विकल्प बेनी २२ चैत । ईन्टरनेट प्रदायक कम्पनी वेभसर्वरले धौलागिरी क्षेत्रमा सेवा विस्तार गरेको छ । नेपाल ईन्नोभेसन प्रा.ली बेनीले म्याग्दी, पर्वत र बागलुङमा बिहीबारदेखि वेभसर्वरको ईन्टरनेट सेवा विस्तार गरेको हो । “घरघरमा फास्ट ईन्टरनेट” भन्ने नाराका स्थापना भएको प्रा.लीले तिब्र गतिको गुणस्तरीय ईन्टरनेट सेवा प्रदान गर्ने सञ्चालक बामदेव रिजालले जानकारी दिनुभयो । सेवा […]

किन वसिन यी महिला ४ वर्ष देखि एक्लै ओढारमा !

विकल्प न्यूज/बेनी चैत २१ गते । उत्तरी पर्वतको जलजजला गाउँपालिका १ वासखर्ककी एक महिला विगत ४ वर्ष देखि एक्लै ओढारमा वास वस्ने गरेकी छिन् । धनकुमारी नाम बताउने यी महिला घरपरिवारले हेरचाह नगरेपछि म्याग्दीको रघुगंगा गाउँपालिका ३ तिलकेनीको पारीपट्ी जलजला १ वासखर्कको जंगलको ओढारमा एक्लै वस्ने गरेको पाइएको हो । मंगलबार वासखर्क दिदीको घरमा जाँदा जंगलको […]

जलजला गाँउपालिकाका सहकारीले मनाए सहकारी दिवस

सन्दिप शर्मा/विकल्प न्यूज चैत २१ गते । पर्वत जिल्लाको उत्तरी भेगमा पर्ने जलजला गाँउपालिकाले ६१ औं सहकारी दिवस मनाएको छ । जलजला गाउँपालिकामा भएका संयुक्त सहकारीहरुको आयोजनामा सहकारी दिवस मनाईएको हो । कार्यक्रमको उद्घाटन गर्दै वडा नंम्बर ३ का अध्यक्ष तथा भौतिक विकास तथा पुर्वधार निमार्ण समिति संयोजक देवेन्द्रबहादुर भण्डारीले सहकारीका सातवटा सिद्वान्त हरुलाई आत्मासात […]

सिफोटु ले म्याग्दीका सवै स्वास्थ्य संस्थामा काम गर्ने

विकल्प न्यूज/बेनी चैत २० गते । जिल्ला स्तरिय परियोजना सल्लाहकार समिति (डिप्याक),म्याग्दीको वैठक सम्पन्न भएको छ । युएसएआईडी,मेरि स्टोप्स ईनटरनेशन तथा सुनौलो परिवार नेपाल तथा परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम (सिफोटु) को आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा वैठक सम्पन्न भएको हो । सो अवसरमा सिफोटु म्याग्दीका प्रवन्धक डाक्टर मिलनराज सिग्देलले सिफो ले म्याग्दीमा […]

बेनी बचतद्धारा बिरामीलाई नगद र अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

सन्तोष गौतम /विकल्प न्यूज बेनी २० चैत । ६१ औ राष्ट्रिय सहकारी दिवस म्याग्दीमा मंगलबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । जिल्ला सहकारी संघ, स्थानीय तह र सहकारी संघ संस्थाहरुले कार्यक्रम गरेर दिवस मनाएका हुन् । यसै क्रममा बेनी बचत तथा ऋण सहकारी संस्थाले बेनी अस्पताललाई उपचाररत बिरामीहरुलाई दिवसको अवसरमा आर्थिक सहयोग वितरण गरेको छ […]

बेनीको नगर गुरुयोजना तयार पारीने

सन्तोष गौतम /विकल्प न्यूज बेनी २० चैत । बेनी नगरपालिकाले गुरुयोजना बनाउने भएको छ । नगर क्षेत्रको समस्या र आवश्यकता पहिचान गरि अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना सञ्चालन गर्न गुरुयोजना बनाउन लागेको हो । परामर्शदाता छनौट गरेर गुरुयोजना निर्माणको तयारी भएको नगर कार्यपालिकाका प्रवत्ता समेत रहनुभएका ८ नम्बर वडाका अध्यक्ष रामकृष्ण बराईलीले मंगलबार आयोजित पत्रकार […]

सहकारी दिवसका अवसरमा पत्रकार गौतम पुरस्कृत

विकल्प न्यूज/बेनी चैत २० गते । म्याग्दीका पत्रकार सन्तोष गौतम मंगलबार पुरस्कृत हुनुभएको छ । ६१ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले पत्रकारिताको माध्यमबाट सहकारीको विकास र प्रवद्र्धनमा योगदान गरेवापत नगद तिन हजार रुपैयाँ सहित पुरस्कृत गरेको हो । संघले बेनीमा आयोजना गरेको कार्यक्रममा प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुन […]

सहज रुपमा आमा बन्न पाउने अधिकार सुरक्षीत गछौं ः मन्त्री पुन

विकल्प न्यूज/बेनी बेनी २० चैत । प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले सहज रुपमा आमा बन्न पाउने अधिकार सुरक्षित गर्न प्राथमिकता दिने बताउनु भएको छ । नेकपा एमाले र माओवादी केन्द्रले मंगलबार गृहजिल्ला म्याग्दीको बेनीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री पुनले महिलाहरुको प्रजनन् र सहज रुपमा आमा बन्न पाउने अधिकारलाई सुरक्षित […]

अतिक्रमण हटाउन बेवास्ता

सन्तोष गौतम/विकल्प न्यूज चैत २० गते । बेनपा ९ गलेश्वरमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको संरचना र ईन्टेकमा अख्तियारले गरेको पत्रचारको मुख्य बुँदा । तस्विर नवविकल्प बेनी नगरपालिका ९ गलेश्वरमा भएको सार्वजनिक जग्गा अतिक्रमण हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णय र निर्देशन बर्षौसम्म कार्यान्वयन हुन सकेको छैन् । सरोकारवाला निकायकै बेवास्ता र अलमलका कारण […]

निर्माण व्यवसायीको उदाहरणीय कार्य ः ः एक वर्षको काम पाँच महिनामै सकियो

विकल्प न्यूज/बेनी चैत २० गते । बेनी बजार संरक्षण कार्यक्रम अन्तरगत मंगलाघाट स्थित म्याग्दी नदी किनारमा निर्माण भएको मेसीनरी पर्खाल । तस्विर नवविकल्प एक वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङद्धारा सञ्चालीत बेनी बजार संरक्षण आयोजना अन्तरगत दोस्रो प्याकेजको नदी नियन्त्रण योजनाको काम लक्ष्य भन्दा सात महिना अघिनै सकिएको छ । सडक, […]

बेनी काठमाडौ रुटमा म्याग्दी कोरलाको बस सेवा सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ चैत । धौलागिरी बस व्यवसायी समिति अन्तरगतको म्याग्दी कोरला ट्राभल्स एण्ड मुभर्स प्रा.लीले सोमबार देखि बेनी काठमाडौ रुटमा अत्याधुनिक सुबिधा सहितको बस सेवा सुरु गरेको छ । बेनी र काठमाडौबाट एकैसाथ दुई वटा बस छुटाएर सेवा सुरु गर ेको प्रालीले थप चार वटा बस, जिप, माईक्रोबस, ट्याक्सी सेवा समेत सुरु […]

नाली नबनाउँदा सडक स्तारोन्नती योजनाको दिगोपनामा चुनौती

सन्तोष गौतम /विकल्प न्यूज बेनी १९ चैत ।  म्याग्दीका ग्रामिण सडकको स्तरोन्नतीका क्रममा नाली नबनाउँदा योजनाको दिगोपनामा चुनौती देखिएको छ । भिरालो जमिनमा निर्माण भएका सडकको भल व्यवस्थापन गर्ने नाली प्रमुख पूर्वाधार हो । सडकसंग जोडिएका जग्गाधनीको बिरोध, अवरोध, बजेटको कमी र उपभोक्तामा प्राबिधिक ज्ञानको अभावका कारण सडक स्तारोन्नती सम्बन्धि योजनामा नाली निर्माणले प्राथमिकता पाउन […]

घारमा खानेपानीका मुहानको अवस्था अध्ययन

सन्तोष गौतम/विकल्प न्यूज घार १९ चैत । अन्नपूर्ण गाउँपालिका ६ घारमा रहेका खानेपानीको मुहानहरुको अवस्था अध्ययन गरिएको छ । निर्माणाधिन घारखोला जलविद्युत आयोजना प्रभावित क्षेत्रमा रहेका खानेपानीका मुहानहरुको आईतबार आयोजनाका प्राबिधिक, जनप्रतिनिधी र सरोकार समितिका प्रतिनिधिहरुले स्थलगत अध्ययन गरेका हुन् । घारमा खानेपानी आपुर्ती गरिदै आएका छ वटा मुहानमा पानीको स्रोतको अवस्था अध्ययन गरीएको वडा […]

वाखेतका कृषकलाई चल्ला वितरण

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ चैत । बेनी नगरपालिका १० वाखेतका कृषकलाई निशूल्क चल्ला वितरण गरिएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाले स्थानीयबासीलाई कुखुरापालनप्रति आकर्षित गरी मासु र अण्डाको उत्पादन व ृद्धि गरी कुपोषण न्युनीकरण गर्ने उद्देश्यले आईतबार छ सय चल्ला वितरण गरिएको हो । वडाका जनप्रतिनिधिहरुको रोहबरमा गठन भएको भुमेथान लेयर्स कुखुरापालन कृषक […]