अन्नपुर्ण संरक्षण क्षेत्र भित्र वन्यजन्तु र जडिबुटिको अवस्थाबारे अनुगमन

धिरन खत्री/विकल्प न्यूज
म्याग्दी, २० जेठ ।IMG_8564 म्याग्दीको अन्नुर्ण गाउँपालिका घार र शिख वडामा बन्नयजन्तु र जडिवुटीको अवस्थाबारे अनुगमन गरिएको छ । अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराको आयोजनामा गाउँपालिका वडा ५ शिख र ६ घारमा सामुदायिक वनजंगलको स्थलगत अध्ययन गर्दै वन्यजन्तु र जडिबुटीको अवस्थाबारे जानकारी लिएको हो ।

जिल्लाको प्रमुख पर्यटकिय स्थल घोडेपानी र पुनहिलमो पर्यटकको आगमन संख्या बढेसंगै यस क्षेत्रको बनजंगलमा दुर्लभ वन्यजन्तु र बनस्पतिको अवस्था, संरक्षणमा स्थानीयबासीको भुमिका बारे बुझ्न स्थलगत अनुगमन गरिएको अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराका रेन्जर दयाराम पाण्डेले बताए ।

रेन्जर पाण्डेको नेतृत्वमा रहेको टोलीले घारको कमलजैसी ठुलो पाखा वन, घोरेपानी पुनहिल अवस्थित विश्वको ठुलो घुराँसे वनजंगल र शिख चुत्रेनीको वन अनुगमन गरि वन्यजन्तु र जडिबुटीको अवस्थाबारे जानकारी लिएको थियो ।
वनजंगल नहुदाँ घर निर्माण तथा दाउरा घासँ अभाव भएपछि स्थानीयबासीको सक्रियतामा सार्वजनिक पाखो जग्गामा २०३८ सालमा विरुवा रोपेपछि अहिले घारबासीलाई घर बनाउन तथा घासँ दाउराका लागि सहज भएको कमल जैसी बनका सदस्य नरबहादुर बरुवालले बताए । IMG_8652अन्नपुर्ण संरक्षण क्षेत्रका कर्मचारी तथा गाउँपालिका ६ घारका खिमबहादुर बरुवालले वनजंगल विस्तार र संरक्षण संगै बन्यजन्तुको सँख्या बढेको छ, वन्यजन्तु बढसंगै वन्यजन्तुको चोरी निकासी बढेको बताए । वन्यजन्तुले वनजंगल आसपास रहेको खेतबारीको बाली खाएर कृषकलाई सताउने गरेको बरुवालले जानकारी दिए ।

घोडेपानी पुनहिलमा घुम्न आउने पर्यटकलाई लामो समय बस्ने वातावरण सिर्जना गर्न लाली गुरास संरक्षण संगै वन्यजन्तुको संरक्षण अभियानमा पनि लागेको घोडेपानी होटल ब्यवसायी समितिका पुर्व अध्यक्ष ओम पुनले बताए ।

घोडपानीमा आउने पर्यटकको लागि पुनहिल र लालीगुरास संगै वन्यजन्तु पनि थप आकर्षण भएको बताउदै वन्यजन्तु संरक्षणका लागि योजना निर्माण लागि छलफल चलिरहेको पुर्व अध्यक्ष पुनले थप जानकारी दिए ।

घार र घोडेपानीमा गरिएको अन्तक्रिर्या कार्यक्रममा सम्पर्क कार्यालय पोखराका रेन्जर पाण्डेले दुर्लभ बन्यजुन्तु तथा जडिबुटी संख्या वनजंगल विस्तारसंगै बढेको हुदाँ पर्यटकको थप आकर्षणका लागि वन्यजुन्त र जडिबुटि संरक्षणमा लाग्न स्थानीबासीलाई आग्रह गरेका थिए ।

अन्नपुर्ण संरक्षण क्षेत्रले पाचँओटा जिल्लामध्ये म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको नारच्याङ, शिख र घारको वनजंगलमा पाईने दुर्लभ बन्यजन्तु र जडिबुटीको अवस्था र संरक्षणबारे साचो सम्पर्क कार्यालय पोखराले हेर्दै आएको छ ।