वातावरण दिवसमा दरवाङमा बृहत सरसफाई हुने

विकल्प न्युज / दरवाङ
जेठ १८ गते । received_1784376158292796विश्व वातावरण दिवसको अवसरमा मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बृहत् सरसफाई अभियान सञ्चालन हुने भएको छ ।

मालिका गाउँपालिका र वास पत्रकार मञ्च म्याग्दीको संयुक्त संयोजनमा जेठ २२ गते उक्त अभियान सञ्चालन हुन लागेको हो ।darbang-bazar

अभियानको पूर्वसन्ध्यामा शुक्रबार दरवाङका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ बिटालु, वडाअध्यक्षहरु, वास पत्रकार मञ्चका पदाधिकारी, दरवाङस्थित सामाजिक संघसंस्था, म्याग्दी उद्योग बाणिज्य संघ दरवाङ इकाइको पदाधिकारीहरुको संयुक्त वैठकले कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन आवश्यक तयारीलाई तीब्र बनाउने निर्णय गरेको छ ।

यसअघि वास पत्रकार मञ्चले जिल्ला सदरमुकाम बेनीमा बृहत कालीगण्डकी र म्याग्दी नदी सरसफाई अभियान सञ्चालन गरेको थियो ।

मञ्चका अध्यक्ष ठाकुर प्रसाद आचार्यको सभापतित्व सम्पन्न छलफलमा दरवाङस्थित सामाजिक संघसंस्थाहरु म्याग्दी उद्योग बाणिज्य संघ दरवाङ इकाइ, टोलसुधार समिति, युवा क्लब, आमा समूह र लायन्स क्लबले सरसफाई अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

मञ्चले अभियानलाई सफल बनाउन अध्यक्ष आचार्यकै अध्यक्षतामा तयारी तथा व्यवस्थापन समिति गठन गरेको छ । गाउँपालिका अध्यक्ष रोकाले सरसफाई अभियान सञ्चालनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै स्थानीयस्तरबाट जस्तोसुकै सहयोग गर्न आफुहरु तयार रहेको बताए ।

छलफल कार्यक्रममा अभियानबारे जानकारी गराउँदै मञ्चका उपाध्यक्ष एवम म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष गोापाल छन्त्यालले गाउँ र टोल सफासुग्घर बनाउन स्थानीय नै जागरुक हुनुपर्ने भन्दै मञ्चले त्यसमा हातेमालो गर्ने बताए ।

सरसफाई अभियानलाई सफल बनाउन मञ्चले जिल्लास्थित विभिन्न कार्यालय र निकायसँग समन्वय गर्ने जनाएको छ ।

कार्यक्रममा पत्रकार महासंघ प्रदेश ४ का सदस्य एवम् मञ्च पूर्वअध्यक्ष सन्तोष गौतम, आमा समूह, उद्योगी व्यवसायी, लायन्स क्लब र टोलसुधार समितिका पदाधिकारीको सहभागिता थियो ।

मञ्चका अध्यक्ष आचार्यको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिब हरिकृष्ण गौतमले गरेका थिए ।