बेनीमा तिन दिने पत्रकार आवद्धता तालिम सुरु

विकल्प न्यूज/बेनी
जेठ १६ गते । DSC_0164 म्याग्दीको सदरमुकाम बेनीमा तिनदिने पत्रकार आवद्धता तालिम सुरु भएको छ । सूचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको संयोजनमा बुधवार देखि बेनीमा प्रमुख कानून र आचार संहिता विषयक पत्रकार आवद्धता तालिम सुरु गरिएको हो ।

शुक्रबार सम्म सञ्चालन हुने तालिमको शुभारम्भ गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक सुरेश आचार्यले मोफसलका पत्रकारहरुलाई कानून र आचार सहिंताका वारेमा जानकारी दिन तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले पत्रकारहरुलाई जिम्मेवार र उत्तरदायी बनाउनका लागि तालिम सहयोगी हुने आशा व्यक्त गर्नुभयो । DSC_0169कार्यक्रममा सूचना विभागकी निर्देशक तथा सूचना अधिकारी सुमन बज्राचार्यले मोफसलमा रहेर पत्रकारिता गरिएका पत्रकारहरुलाई तालिमले कानुन र आचार सहिंताका वारेमा जानकारी हासिल हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहँले विभागले पत्रकारहरुलाई दक्ष सिर्जनशिल बनाउनका लागि समय समयमा यस्ता खालका तालिमहरु सञ्चालन गर्ने गरेको बताउनुभयो ।

महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माको अध्यक्षता,सचिव गोरखनाथ सुवेदीको सञ्चालन र उपाध्यक्ष ठाकुरप्रसाद आचार्यको स्वागतमा तालिमको उद्घाटन सत्र सम्पन्न भएको थियो । तिन दिन सम्म सञ्चालन हुने तालिममा जिल्लाका पत्रकार एवम् सञ्चारकर्मी गरी २६ जनाको शहभागिता रहेको छ । तालिमको पहिलो दिन प्रशिक्षक सुरेश आचार्य, तोया गौतम र निर्देशक बज्राचार्यले तालिमको सहजीकरण गर्नुभएको थियो ।