बिमका सार्वजनिक स्थलमा मदिरा सेवनमा प्रतिबन्ध

सन्तोष गौतम/विकल्प न्युज
बिम १९ जेठ ।IMG_3617म्याग्दीको मालिका गाउँपालिका ७ बिमका सार्वजनीक स्थलमा मदिरा सेवनमा प्रतिबन्ध लगाउने निर्णय भएको छ ।

वडा कार्यालयमा शनिबार आयोजित जनप्रतिनिधि, युवा क्लब, आमा समूह र अगुवाहरुको भेलाले बिवाह, छेवार, किरीया लगायत कुनै पनी सार्वजनीक कार्यक्रममा जाडँ, रक्सी नगर्ने निर्णय गरेको हो ।

वडा अध्यक्ष रेशम जुग्जाली सरोकारवालाहरुको सुझाव र सर्मथनमा भएको निर्णय कार्यान्वयन गरेर बिमलाई बिकृती रहित नमुना वडा बनाउने बताउनुभयो ।IMG_3562भेलाले वडाका सबै बस्तीलाई समेट्ने गरी बिम्वाङ, बिम औल, तल्लोगाउँ, डाँडागाउँ र ढुनोटमा टोल सुधार समिति गठन गरी सामाजिक र विकास निर्माणका कामलाई सहज बनाउने निर्णय गरेको वडा सदस्य बुद्धीबहादुर जुक्जालीले बताउनुभयो ।

यसअघि स्थानीय आमा समूह र युवा कल्वले बिम्बाङ र तल्लो गाउँमा सार्वजनीक कार्यक्रममा मदिरालाई प्रतिबन्ध लगाइएको थियो । साँझ पाँच बजेभन्दा अघि मदिरा सेवन गर्नेलाई एक हजार र बिक्री गर्नेलाई दुई हजार रुपैया जरिवाना तोकीएको थियो ।

मदिराको अत्याधीक र अव्यवस्थित प्रयोगका कारण संस्कारगत कार्य महँगो भएको, सामाजिक विकृती बढेको र सुरक्षामा असर परेको ठहर गर्दै मदिरालाई प्रतिबन्ध लगाउने निर्णय भएको वडा अध्यक्ष जुक्जालीले बताउनुभयो ।

सोही भेलाले मालीका क्षेत्रको राष्ट्रिय वनलाई वडा स्तरीय सामुदायीक वन समूहको मातहत ल्याउने निर्णय समेत गरेको छ ।

सो भेला अघि वडा स्तरीय युवा सञ्जालको आयोजनामा लागु औषध दूब्र्यसन न्युनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

मालिका गाउँपालीकाका स्वास्थ्य संयोजक राजेश थापा र नेपाल पत्रकार महासंघका प्रदेश सदस्य सन्तोष गौतमले लागु औषध दुब्र्यसनीको असर, कारण, नियन्त्रणका उपाय, सामाजिक सञ्जालको प्रयोग, युवा सम्बन्धि सरकारका योजनाहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
सञ्जालका अध्यक्ष शरणकुमार जुक्जालीको अध्यक्षता, हिराजित स्मृती युवा कल्वका अध्यक्ष प्रेम जुक्जालीको स्वागत र किसानी माविका शिक्षक सुरमान गर्बुजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच बिममा वडा अध्यक्ष जुक्जालीको संयोजकत्वमा वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा समिति गठन भएको छ ।

सुआहारा कार्यक्रमको सहजिकरणमा समिति गठन भएको हो । सुआहाराका जिल्ला संयोजक कामना प्रधान र गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश थापाले सहजिकरण गर्नुभएको कार्यक्रमको सुपरभाईजर अच्युत पौडेलले सञ्चालन गर्नुभएको थियो ।