म्याग्दी समाचार

रघुगंगाको पर्यटन गुरुयोजना तयार

गोपाल छन्त्याल/बेनी असार २५ गते । रघुगंगा गाउँपालिकाले प्रसिद्ध दुई धार्मिकस्थल गलेश्वरधाम र ऋखार क्षेत्र जोड्ने पदमार्गलाई उच्च प्राथामिकता दिदै पर्यटन गुरुयोजना तयार पारेको छ । शुभारम्भ उद्यमशील नेपालको सहकार्यमा पर्यटन विज्ञ सहितको टोलीले बस्तीस्तरमा पुगेर गुरुयोजना तयार पारेको हो । गुरुयोजनाले पाँच बर्षभित्र पर्यटनको क्षेत्रमा गर्न सकिने संभावनाको विषय उजागर गरेको छ । गाउँपालिकाको […]

म्याग्दीका तिनजना युवा पुरस्कृत

साधन राम्जाली /विकल्प बेनी २५ असार । जिल्ला युवा समिति म्याग्दीले विभिन्न बिधामा सोमबार तिन जना युवाहरुलाई पुरस्कृत गरेको छ । युवा प्रतिभा र उद्यमीको खोजी गरी उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सांगितीक, खेलकुद र कृषी बिधामा उत्कृष्ट युवा छनौट गरेर पुरस्कृत गरिएको समितिले जनाएको छ । पुरस्कृत हुनेमा मंगला गाउँपालीका १ कुहुँका संगितकार दिपक शर्मा, […]

जलाधार व्यवस्थापन कार्यक्रम मार्फत नौ ठाउँमा पहिरो नियन्त्रण

सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ असार । जिल्ला भुसंरक्षण कार्यालय म्याग्दीले सञ्चालन गरेको विद्युत जलाशय क्षेत्रको एकिकृत जलाधार व्यवस्थापन कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा म्याग्दीमा नौ वटा योजना तथा कार्यक्रम भएका छन् । कार्यालयले सोमबार बेनीमा आयोजना गरेको समिक्षा कार्यक्रममा जलविद्युत आयोजनाको दिगोपनाका लागि प्रभावीत क्षेत्रमा पानीको स्रोत संरक्षण, भुक्षय र पहिरो रोकथाम गर्ने उद्देश्यले […]

निस्कोटमा सार्वजनिक सुनुवाई

विकल्प न्यूज/बेनी म्याग्दी, २५ असार । निस्कोटमा आयोजित कार्यक्रममा स्थानीयले विकास निर्माण योजना तर्जुमा गर्दा पर्यटन र रोजगारि सिर्जना हुने योजनाहरुलाई प्राथमिकता दिनुपर्ने, कृषि प्राविधिकलाई नियमित सेवा प्रवाहमा खटाउनुपर्ने, मोटरबाटो नियमित सञ्चालन गर्नुपर्ने लगायतका माग गरेका छन् । कार्यक्रममा सहभागीहरुको जिज्ञासा मेटाउँदै वडा अध्यक्ष टंक प्रसाद पुनले सिमिति स्रोत र साधनकोबिचमा पनि वडाका हरेक नागरिकलाई […]

बेनीमा बसपार्क निर्माण शुरु

विकल्प न्यूज/बेनी असार २५ गते । बेनी नगरपालिका–८ कालीपुलमा बसपार्क निर्माणको काम शुरु भएको छ । जिल्ला सदरमुकाम बेनीमा सवारी पार्किङको समस्या समाधानका लागि बेनी नगरपालिकाको पहलमा बसपार्क निर्माणको काम शुरु भएको हो । एक दशकअघिदेखि बसपार्कका रुपमा प्रयोग गरिँदै आएको ठाउँमा पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउन लागिएको वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो । विसं […]

गाउँपालिकाद्धारा तिप्ल्याङ “दुर्घटना”को छानवीन र वेपत्ताको खोजी गर्न माग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २५ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दश दिन अघि बेनी जोमसोम सडक अन्तरगत तिप्ल्याङ खण्डमा रहस्यमय ढङ्गले भएको दुर्घटनाको छानवीन र वेपत्ताको खोजी गर्न माग गरेको छ । असार १४ गते दिउँसो अन्नपूर्ण गाउँपालिका– ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप रघुगंगा गाउँपालिका १ तिप्ल्याङमा सडकबाट […]

लुलाङ–गुर्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ असार । म्याग्दीको सबैभन्दा दुर्गम र बिकट बस्ती गुर्जालाई यातायात सञ्जालसंग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धौलागिरी गाउँपालिकाको वडा न. १ मा पर्ने गुर्जामा सहज रुपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माणको गर्न भुगर्वबिद र प्राबिधीक टोलीले गरेको सम्भाव्यता अध्ययनको प्रतिवेदन आईतबार सार्वजनीक गरिएको छ । […]

पर्यटकीय स्थलका सामुदायिक लजमा चौबिसे घण्टा बिजुली

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखमा धोस्तेखोर लघुजलविद्युत परियोजना निर्माण भएको छ । पर्यटकीय स्थलमा सञ्चालीत सामुदायीकहोटल तथा लजमा विद्युत आपुर्तीका लागि सामाजिक अभियन्ता महाबिर पुनको पहल, स्थानीयबासीको सक्रियता र विभिन्न निकाय तथा दाताहरुको सहयोगमा ५० किलोवाट क्षमत्ताको परियोजनानिर्माण भएको हो । दुई करोड २५ लाख रुपैयाको लगानीमा निर्माण […]

लक्ष्य अघिनै बन्यो ओखरबोट स्वास्थ्य चौकीको भवन

साधन राम्जाली /विकल्प न्यूज असार २४ गते । जिल्लाको मालीका गाउँपालिका ४ च्युरिबोट स्थित ओखरबोट स्वास्थ्य चौकीको भवन निर्माण कार्य लक्ष्य अघिनै सकिएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्धारा सञ्चालीत भवन निर्माण योजना लक्ष्य भन्दा तिन महिना अघिनै सम्पन्न भएको हो । १५ महिनामा भवन बनाउने सम्झौता भएपनि १२ महिनामा भवन […]

बेनी नगरपालिकामार्फत सञ्चालित योजनाहरुको स्थलगत अनुगमन

प्रताप बानियाँ/बेनी असार २४ गते ।   म्याग्दीको बेनी नगरपालिकाको कार्यालयमार्फत सञ्चालित विकासे योजनाहरुको शनिबार अनुगमन भएको छ । नगरपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारी तथा स्थानीयद्वारा विकासका विभिन्न योजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको हो । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र उपप्रमुख सन्जु बरुवालको नेतृत्वमा सडक विस्तार तथा स्तरोन्नति, ठेकेदारको कामकार्वाही, विद्यालय घेराबार, खेलमैदान निर्माण, […]

अन्नपूर्णका किसानलाई औजार र विरुवा हस्तान्तरण

गोपाल छन्त्याल/बेनी असार २४ गते । अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको आठ वटै वडाका किसानहरुलाई कृषि औजार र विरुवा हस्तान्तरण गरेको छ ।  आइतबार आयोजिक एक कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ मगर र प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले संयुक्त रुपमा किसानहरुलाई उक्त औजार हस्तान्तरण गरेका हुन् । कृषि शाखा प्रमुख गोपाल भट्टराईले जिल्लामा मै पहिलो पटक […]

कुईनेमँगले, चिमखोला र दग्नाममा योजनाको अनुगमन

विकल्प न्यूज/बेनी असार २४ गते । रघुगंगा गाउँपालिकाले तीन वडा चिमखोला, कुईनेमँगले र दग्नाममा सञ्चालित योजनाका अनुगमन गरेको छ । गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारी, उपप्रमुख कमला तिलिजा, प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाई, सब–इञ्जिनियर कमल चोखाल, विषयगत शाखाका प्रमुखहरुको टोलीले तीन वडामा सञ्चालित विकास निर्माण, उपलब्ध गराएका विषयगत शाखाका अनुदान लगायतका योजनाबारे अनुगमन गरिएको हो […]

मृगौला पीडित बालकलाई सहयोग

साधन राम्जाली/विकल्प न्यूज बेनी २४ असार । म्याग्दीको धौलागिरी गाउँपालिका १ गुर्जाका मृगौला पीडित एक बालकको उपचारका लागि ओमकुमारी शान्ति कोषले आईतबार आर्थिक सहयोग गरेको छ । कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुन मगरले मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत १० वर्षिय रबिन बिकको उपचारका लागि पन्ध्र हजार रुपैया वडा अध्यक्ष झकबहादुर छन्त्याल मार्फत […]

मल्लाजका कृषकलाई बाख्रा वितरण

साधन राम्जाली/विकल्प न्यूज मल्लाज २३ असार । पर्वतको जलजला गाउपालिका २ ओखरबोट र ४ फड्केढुङ्गाका कृषकहरुलाई निशूल्क बाख्रा वितरण गरिएको छ । कृषकहरुलाई व्यवसायिक बाख्रापालनप्रति आकर्षित गराई, उनिहरुको आयआर्जन सुधार र मासुमा आत्मनिर्भर बनाउनका लागि बिस जना कृषकहरुलाई एक, एक वटाका दरले खरी जातका बाख्रा वितरण गरिएको गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ । बाख्रा […]

क्याम्पस चोकलाई जोगाउन वृक्षारोपण

सन्दिप शर्मा/विकल्प न्यूज असार २३ गते । सदरमुकाम बेनी बजार स्थित क्याम्पस चोक माथिको खैरेनी पाखामा शनिबार वृक्षारोपण गरिएको छ । क्याम्पसचोक टोल सुधार समिती अन्तर्गत रहेको भलवाढी नियन्त्रण उपभोत्ता समितीको आयोजना तथा बेनी नगरपालिकाको सहयोगमा विभिन्न १० प्रजातिका रुख रोपेको उपभोक्ता समितीका सचिव ठाकुरप्रसाद शर्मा बताउनुभयो । करीब १ किलोमिटर क्षेत्रफमा वाँस, राय खन्नीउ, […]