ताजा समाचार:
Search

मल्लाजका कृषकलाई बाख्रा वितरण

साधन राम्जाली/विकल्प न्यूज
मल्लाज २३ असार । IMG_9053पर्वतको जलजला गाउपालिका २ ओखरबोट र ४ फड्केढुङ्गाका कृषकहरुलाई निशूल्क बाख्रा वितरण गरिएको छ । कृषकहरुलाई व्यवसायिक बाख्रापालनप्रति आकर्षित गराई, उनिहरुको आयआर्जन सुधार र मासुमा आत्मनिर्भर बनाउनका लागि बिस जना कृषकहरुलाई एक, एक वटाका दरले खरी जातका बाख्रा वितरण गरिएको गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ ।

बाख्रा प्याकेज कार्यक्रम अन्तरगत दश/दश जना कृषकलाई समेटेर गठन भएको समूहका सदस्यहरुलाई एक, एक वटा बाख्राका साथै खोर सुधारका लागि प्रतिकृषक दुई हजार पाँच सय रुपैयाँका दरले नगद अनुदान समेत वितरण गरिएको पशु चिकित्सक बिमल शर्माले बताउनुभयो ।

एउटा बाख्रा खरिद गर्न पाँच हजार रुपैयाँका दरले बजेट बिनियोजन भएको थियो । दुई वटा समूहमा एक, एक वटा प्रजनन् योग्य बोका समेत उपलब्ध गराइएको छ । ओखरबोट समुहलाई शनिबार उपलब्ध गराइएको र फड्केढुङ्गाको जलजला कृषक समूहलाई पनि यसै महिनाभित्र बाखा उपलब्ध गराइने चिकित्सक शर्माले बताउनुभयो ।IMG_9063प्याकेज लागु भएको समूहका कृषकलाई निशूल्क भ्याक्सीन, भिटामीन, हिउँदे तथा बर्खे घाँसको विउ उपलब्ध गराइने भएको छ । ओखरबोट बाख्रापालक कृषक समूहकी अध्यक्ष रामकुमारी बरुवालको अध्यक्षता, सचिव जयन्ती खत्रीको सञ्चालन र कोषाध्यक्ष कृष्ण जिसीको स्वागतमा सम्पन्न कार्यक्रममा वडा सदस्य निरबहादुर कार्कीले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो ।
जलजलाको पशु सेवा शाखाले व्यवसायिक गाईभैसी, बाख्रा र कुखुरापालनमा कृषकहरुलाई आकर्षीत गरी मासु, दुध र अण्डाको उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष ५२ जना कृषकलाई २१ लाख रुपैयाँ अनुदान वितरण गरेको छ ।