मृगौला पीडित बालकलाई सहयोग

साधन राम्जाली/विकल्प न्यूज
बेनी २४ असार ।IMG_9086

म्याग्दीको धौलागिरी गाउँपालिका १ गुर्जाका मृगौला पीडित एक बालकको उपचारका लागि ओमकुमारी शान्ति कोषले आईतबार आर्थिक सहयोग गरेको छ ।
कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुन मगरले मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत १० वर्षिय रबिन बिकको उपचारका लागि पन्ध्र हजार रुपैया वडा अध्यक्ष झकबहादुर छन्त्याल मार्फत उपलब्ध गराउनुभएको हो ।

१० महिनादेखि दुवै मृगौलामा समस्या देखिएका बालकको घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि आमा लकदेवी बिकले सहयोगको अपिल गर्नुभएको छ ।