पर्यटकीय स्थलका सामुदायिक लजमा चौबिसे घण्टा बिजुली

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २४ असार ।20180607_082257
म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखमा धोस्तेखोर लघुजलविद्युत परियोजना निर्माण भएको छ । पर्यटकीय स्थलमा सञ्चालीत सामुदायीकहोटल तथा लजमा विद्युत आपुर्तीका लागि सामाजिक अभियन्ता महाबिर पुनको पहल, स्थानीयबासीको सक्रियता र विभिन्न निकाय तथा दाताहरुको सहयोगमा ५० किलोवाट क्षमत्ताको परियोजनानिर्माण भएको हो ।

दुई करोड २५ लाख रुपैयाको लगानीमा निर्माण भएको परियोजनाबाट उत्पादीत विद्युतखोप्रा, ढाडखर्क, बयली र आलखर्कमा सञ्चालीत सामुदायीक होटलमा आपुर्ती गराइएको परियोजनाका अध्यक्ष लोकबहादुर पाईजाले बताउनुभयो । धोस्तेखोर खोलाको पानीलाई तिन सय मिटर नहरबाट ल्याएर आलखर्कमा रहेको विद्युतगृहमा जडान गरिएको टवाईनमा खसालेर विद्युतउत्पादन गरिएको हो ।

भौगोलिक रुपमा बिकट बस्ती देखि टाढा रहेका सामुदायीकलजमा केन्द्रिय प्रशारण लाईनको विद्युत विस्तारको सम्भावना नभएकाले लघुजलविद्युत परियोजना निर्माण गरिएको अध्यक्ष पाईजाले बताउनुभयो । सडक मार्ग भएर शिख पु¥याइएको तार, जेनेरेटर, टवाईन लगायतका उपकरण र सामान हेलीकप्टरबाट निर्माण स्थलमा ढुवानी गरिएको थियो ।20180607_113232

परियोजना निर्माणका लागि एशियाली विकास बैंकले ७५ लाख, नेपाल पर्यटन वोर्डको चालीस लाख, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)ले १३ लाख, महाविर पुनको पहलमा १८ लाख ५० हजार रुपैया सहयोग प्राप्तभएको छ ।

तत्कालीन जिल्ला विकास समितिले दशलाख रुपैया अनुदान उपलब्ध गराएको थियो । एनएमबी बैङ्कको बेनी शाखाबाट बिस लाख रुपैया ऋण लिएको उपभोक्ता समितिले जनाएको छ । स्थानीयबासीबाट समेत ऋण लिइएको अध्यक्ष पाईजाले बताउनुभयो ।

वि.स २०७३ फागुनदेखि सुरु भएको परियोजना निर्माण कार्य एक वर्षमा सकिएको थियो । परियोजना निर्माणका लागि शिखका अगुवाबागबिर पाईजा र सूचना प्रबिधिका अभियन्ता महाबिर पुनको पहलमा आर्थिक स्रोत जुटाइएको हो । भौगोलिक बिकटता, महँगो उपकरण र महँगीका कारण लागत बढेको अध्यक्ष पाईजाले बताउनुभयो ।20180608_124340परियोजना निर्माण भएपछि सामुदायीक होटलमा राईस कुकरमा खानापकाउन, पानी तताउन, मोवाईल चार्ज गर्न, टिभी हेर्न, ल्यापटप, कम्युटर, ईन्टरनेट चलाउन सहजभएको छ । उच्च पहाडी भुगोलको चिसो ठाउँमा विद्युत सुबिधा भएपछि खाना पकाउन र पानी तताउनका लागि दाउराको खपत कम भएको खोप्रा सामुदायीक लजका कर्मचारी नविन पुनले बताउनुभयो ।
शिख, पाउद्धार र नांगीमा रहेको सामुदायीक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउनका लागि स्थानीयसबासीले सञ्चालन गरेको सामुदायीक लजबाट सो क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुलाई सुबिधापुगेको छ । बिस जनाक्षमत्ताको सामुदायीक लजबाट भएको आम्दानीले परियोजना निर्माण गर्दा लागेको ऋण तिर्ने योजना छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तरगत फलाते हुदै ढाँडखर्क, बयली र खोप्राको भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै जानथालेको छ । विद्युत अभावमा पर्यटकलाई अपेक्षाकृत सुबिधाउपलब्ध गराउन कठिन भएको थियो ।

बार्षिक एक हजार पाँच सय देखि दुई हजार जनाको हाराबारीमा स्वेदशी तथा बिदेशी पर्यटकहरु भ्रमणमा आउने गरेको ढाडखर्क सामुदायीक लजका कर्मचारी ज्ञान शेरपुञ्जाले बताउनुभयो । लालीगुरासँको जंगल, हिमशृङखला, सुर्योदय, पहाडी भुगोल, झरना, तालतलैया, वनजंगल, बन्यजन्तु, चौरी र भेडाका गोठहरु यस क्षेत्रको पर्यटकीय आकर्षण हुन् ।