ताजा समाचार:
Search

म्याग्दी समाचार

अन्नपूर्ण क्षेत्रका होटलको क्षमता विस्तार गरिँदै

पोखरा, असोज २ गते । अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन यहाँका होटल सञ्चालकले होटलको क्षमता तथा सङ्ख्या विस्तार गर्न थालेका छन् । शिविर जाने पर्यटकलाई सेवा दिइरहेका यहाँका २६ होटलले पर्यटकको चाप थेग्न नसकेपछि क्षमता तथा सङ्ख्या विस्तार गर्न लागिएको हो । अन्नपूर्ण क्षेत्रमा वर्षेनी बढीरहेको पर्यटकको सङ्ख्यालाई दृष्टिगत गरी […]

मृगौला पीडित सुरेशको उपचारका लागि करिव ३ लाख सहयोग

विकल्प न्यूज/बेनी असोज १ गते ।  दुवै मृगौला खरावी भएपछि उपचार गराइरहेका एक यूवालाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूएईले आर्थिक सहयोग गरेको छ । सुरेश बचाउ अभियानमा मोना यूएईले १ लाख ७० हजार ५० रुपैयाँ सहयोग गरेको हो । सोमबार ओमकुमारी शान्ति कोषमा आयोजित कार्यक्रममा मोना यूएईका कार्यसमिति सदस्य लोकेन्द्र केसीले सुरेशकी आमा सिता […]

कंक्रिट पर्खाल भत्कीएको विषयमा छानविन माग

विकल्प न्यूज/बेनी असोज १ गते ।गण्डकी प्रदेशको आईतबार बसेको संसद बैठकमा बेनी बजार संरक्षणका लागि निर्माणाधिन कंक्रिट पर्खाल भत्कीएको विषयमा छानविन गर्नुपर्ने आवाज उठेको छ । म्याग्दी प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित सांसद बिनोद केसीले शून्य समयमा बोल्दै निर्माणाधिन पर्खाल भत्कीएको विषयमा छानविन गर्नुपर्ने माग गर्नुभएको हो । “नदी कटान नियन्त्रणका लागि निर्माणाधिन पर्खाल भत्कीनुमा कालीगण्डकीमा […]

फेसबुकमा स्टाटस पोष्ट गरेर उर्लिदो कालीगण्डकीमा हामफालिन युवती

विकल्प न्यूज/बेनी भदौ ३१ गते । सामाजिक सञ्जाल फेसवुकमा सुसाइड नोट जस्तै स्टाटस पोष्ट गरेर बेनीकी एक युवती कालीगण्डकीमा हामफालेर वेपत्ता भएकी छिन् । बेनी नगरपालिका ५ घर भएकी सुनिया क्षेत्रीले बेनी नगरपालिका ८ स्थित विद्युत कार्यालयको पछाडी कालीगण्डकी नदी किनारबाट हामफालेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।  बेनीको न्यू वेष्ट पोइन्ट आवासीय माविको कक्षा […]

ऊर्जा नदीमा रुपान्तरण हुँदै कालीगण्डकी

३१ भदौ, म्याग्दी ।  म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘उर्जा नदी’ मा रुपान्तरण हुँदैछ । प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । यी आयोजना निर्माणको तयारीसँगै कालीगण्डकी ऊर्जा नदीमा रुपान्तरण हुन लागेको जिल्ला […]

न्याय माग्दै बेनीमा प्रदर्शन

विकल्प न्यूज/बेनी भदौ ३० गते ।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै म्याग्दीको सदरमुकाम बेनीमा शनिबार प्रदर्शन भएको छ । प्रदर्शनमा बेनी नगरपालिकाकी उपप्रमुख सहित महिला अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । निधारमा कालो पट्टी सहित विभिन्न प्लेकार्ड बोकेर महिलाहरु प्रदर्शनमा उत्रिएका हुन । उनीहरुले बालिका पन्तको अत्यारालाई कानुनी कठघरामा […]

कुईनेमंगलेका बाढी पीडितलाई गाउँपालिकाद्वारा राहत वितरण

विकल्प न्यूज/बेनी भदौ ३० गते ।     रघुगंगा गाउँपालिका– ८ कुईनेमंगलेका बाढी पीडितलाई गाउँपालिकाले राहत उपलब्ध गराएको छ । गाउँपालिकाले पुर्ण क्षतिलाई २५ हजार, आंशिकलाई १५ हजार, जोखिमयुक्त रहेर बसाई सरेका ७ घरपरिवारलाई नगद र बल्याङकेट र त्रिपाल उपलब्ध गराएको हो । गाउँपालिकाको विपद ब्यवस्थापन टोलीले प्रभावित क्षेत्रको स्थलगत निरिक्षण र क्षति विवरण संकलन गरि […]

बेनीलाई कसरी जोगाउने ?

नवविकल्प राउन्ड टेबलप्रि–मनसुन सुरु भएको छ । लगातारको भूकम्प पराकम्पनले पहाड चर्कने र पहिरो खस्ने क्रम म्याग्दीमा जारी छ । काफलडाँडा पहिरो भूकम्पले खसेको हो । १६ घन्टा कालिगण्डकी थुनियो र विश्वले म्याग्दीमा आँखा केन्द्रित ग¥यो । तर, के सम्भावित मनसुन विपत्तिलाई लिएर हामी सतर्क छौं ? उद्धार, राहत र पुननिर्माणमा सजग छौं ? मुस्ताङको […]

कोवाङमा फालो पर्व सुरु

निरज थकाली/विकल्प न्यूज कोवाङ,मुस्ताङ, ३० भदौ, मुस्ताङको थाक ७ सय अन्तरगतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलीक पर्व कुमार यात्रा (फालो) शनिबारदेखि सुरु भएको छ । थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालिका २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तिन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ । फालो पर्वको शुक्रबार […]

मिडियाकर्मी हितकोषलाई गुर्जाका वडाअध्यक्ष छन्त्यालद्धारा पाँचहजार सहयोग

विकल्प न्यूज/बेनी भर्दाै २९ गते ।म्याग्दी मिडिया सोसाईटीद्धारा स्थापना गरिएको मिडियाकर्मी हितकोषलाई धौलागिरि गाउँपालिका १ गुर्जाका वडाअध्यक्ष झकवहादुर छन्त्यालले पाँचहजार पाँचसय रुपियाँ सहयोग गर्नुभएको छ । सोसाइटीको बेनीमा सम्पन्न प्रथम वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष छन्त्यालले उक्त सहयोग गर्नुभएको हो । दुर्घटना,गम्भीर विरामी र आपतविपतमा परेका पत्रकार एवम् सञ्चारकर्मीहरुलाई अध्यक्षकोषको व्याजबाट सहयोग गर्ने उद्देश्यले सोसाइटीले रु […]

म्याग्दी मिडिया सोसाईटीको प्रथम बार्षिक साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी भदौ २९ गते । जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाइटीको प्रथम बार्षिक साधारणसभा बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गदैं जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले म्याग्दीको विकासका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भमिका रहेको बताउनुभयो । उहाँले जिल्लामा क्रियाशिल पत्रकारको क्षमता वृद्धि र सञ्चारमाध्यमको संस्थागत विकासका लागि स्थानीय सरकार लगायत […]

मिर्गौला पीडित सुरेशको उपचारका लागि १२ लाख जुट्यो

विकल्प न्यूज/बेनी भदौ २८ गते । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि १२ लाख ४३ हजार छ सय पाँच रुपियाँ जुटेको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाउ अभियान मार्फत उक्त रकम संकलन भएको हो ।   विहिवार विभिन्न व्यक्ति र संस्थाबाट सुरेशको उपचारका लागि दुइलाख ६७ हजार […]

वेष्ट पोइन्टका विद्यार्थीले ड्रोन उडाए

विकल्प न्यूज/बेनी भदौ २८ गते ।न्यु वेष्ट पोइन्टका विद्यार्थीले ड्रोन निर्माण गरेका छन् । करिब २ महिनाको निरन्तर अभ्यास पछी उनले सो ड्रोन निर्माण गरि सफल परिक्षण गरेका हुन् । विद्यालयमा कक्षा ९ सेक्सन सी मा अध्ययन गर्ने रोशन रिजालले विद्यालयको शुक्रबारको प्रार्थना सभामा सफल उडान गरेका हुन् । करिब ४० हजारको लागतमा सामान खरिद […]

बेनी बजार संरक्षणका लागि बनाइएको पर्खाल भत्कीयो (फोटो)

विकल्प न्यूज/बेनी भदौ २८ गते ।    बुधवार कालीगण्डकीमा आएको वाढीका कारण म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि निर्माण गरिएको सिमेन्टेट पर्खाल भत्कीएको छ । रघुगंगा र कालीगण्डकीमा आएको वाढीका कारण उद्योग बाणिज्य संघको भवन तलबाट म्याग्दी जेसिज भवन सम्मको करिव डेढसय मिटर पक्की सिमेन्टेट पर्खाल पूर्णरुपमा कालिगण्डकी नदीले बगाएको छ । गत आर्थिक वर्षमा […]

छात्रा फुटबल प्रतियोगिताको उपाधी माउण्टलाई

विकल्प न्यूज/बेनी भदौ २७ गते । बेनीमा मंगबार सम्पन्न अन्तर माध्यमिक विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधी माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ । गलेश्वर आदर्श माविलाई शून्य का विरुद्ध दुई गोलले हराउँदै माउण्टले जिल्ला खेलकुद कप २०७५ को उपाधि जितेको हो । प्रतियोगिताको बिजेता र उपबिजेता विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद २० […]