ताजा समाचार:
Search

मालिकाका तिन विद्यालयमा सोलार जडान

विकल्प न्यूज/बेनी
पुस ९ गते ।

म्याग्दीको मालिका गाउँपालिकाका दुर्गम तिन विद्यालयमा सोलार प्यानल जडान गरेर विद्युत उत्पादन गरिएको छ । गाउँपालिकाको २ नम्बर वडामा रहेको राष्ट्रिय मावि रुम, तिन नम्बर वडामा रहेको अम्मर ज्योती मावि रुम डाँडागाउँमा र वडा नम्बर ६ मा रहेको भीम मावि देविस्थानमा सोलार प्यानल जडान गरिएको हो ।

नेपाल सरकार वातावरण मन्त्रालय वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरले सोला जडानका लागि प्रतिविद्यालय ४ लाख ५७ हजार ८ सय ९० रुपियाँका दरले अनुदान उपलब्ध गराएको मालिका गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले बताउनुभयो । वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रले उपलब्ध गराएको अनुदानमा विद्यालयले थप आन्तरिक श्रोत परिचालन गरी २ किलोवाट क्षमताको विद्युत उत्पादन हुने सोलार प्यानल जडान गरेका हुन ।

सोलार जडान सँगै विद्यार्थीलाई नियमित रुपमा कम्प्युटर प्रयोगशालामा अध्यापन गराउन र विद्यालयको दैनिक कार्यमा सहज भएको गरेको भीम मावि देविस्थानका शिक्षक यामनाथ पौडेलले बताउनुभयो ।