जिसस म्याग्दीको टिभी कता हरायो ?(पाठक प्रतिक्रिया)

विकल्प न्यूज/बेनी
पुस ६ गते । केही महिना अघि जिल्ला समन्वय समितिको कार्यालय छिर्दा ढोकामै टिभी देखेको थिएँ । सेवाग्राहीहरुले आरम गर्दै टिभी हेरीरहेका हुन्थेँ । लाग्छ तत्कालिन जिविसले त्यहाँ टिभी राखेको हो । जिल्लाको बर्णन गरिएको वृतचित्र पनि टिभीमा हेर्न पाइन्थ्यो । धेरै समयपछि फेरी जिससमा छिर्ने काम प¥यो । तर त्यहाँ मैले टिभी देखिँन ।

टिभी कता गयो भन्दा कोही पनि कर्मचारी जवाफ दिन सकेनन् । हुनसक्छ सेवाग्राहीको चाप घटेपछि टिभीको पनि के काम भयो र ! जिससले टिभी विक्री पो गरेछ भन्ने लाग्यो । मनमा कुरा खेलिरहेका बेला एकजना कर्मचारी टुप्लुक्क आउनुभयो ति कर्मचारीलाई मैले सोधे, यहाँको टिभी कता गयो ? ति कर्मचारीले मुख विगारेर भने, “कसैको कोठा तिर गए होला नी !” सरकारी अफिसमा राखिएको टिभी कुन कर्मचारीले लगेको होला त ? भनेर अरु कर्मचारीहरुलाई पनि मैले सोँधे तर कसैले पनि भन्ने आँट गर्न सकेनन् । जसले लगेपनि इमान्दार भएर टिभी फिर्ता गरिदिए कसो होला !

 प्रविण पुन मालिका गाउँपालिका नवविकल्प साप्ताहिकमा प्रकाशित