लिटल गार्डेन एकेडेमीले  मनायो १५ औं बार्षिक उत्सव

विकल्प न्यूज/बेनी
पुस २ गते ।  सदरमुकाम बेनीस्थित संचालित रहेको लिटल गार्डेन एकेडेमीले १५ औ बार्षिकत्सव एवम् अविभावक दिवस विभिन्न कार्यक्रम गरि आइतबार मनाएको छ। बार्षिकत्सवको अवसर खेलकुद सप्ताह तथा बार्षिक गतिविधिमा उतकृष्ट कार्य गर्ने शिक्षक विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल खुम केसीको अध्यक्षतामा भएको १५ औँ बार्षिक उत्सवान जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले विद्यालयको प्रकाशोन्मुख बार्षिक स्मारिका “अभ्युदय”को पनि सुभारम्भ गरिएको छ । १५ औँ बार्षिकत्सवमा बोल्दै जिसस प्रमुख केसीले प्रविधिमैत्री र सिर्जनशिलतालाई प्रयोग गरेर देशको स्रोतसाधनलाई प्रयोग गर्ने दक्ष जनशक्ति उत्पादनमा जोड दिन विद्यालयलाई आग्रह गरेका थिए । विद्यालयको शिक्षणलाई गुणस्तर बनाउन भौतिक, आर्थिक ख्याल राखेर विद्यार्थीहरुको चाहना र क्षमतालाई मध्यनजर गर्नुपर्ने बताए ।  सो कार्यक्तममा बेनी नगरपालिा वडा ७ का वडाअध्यक्ष राजेन्द्र श्रेष्ठ, नगरपालिकाका शिक्षा संयोजक विश्वप्रकाश रेग्मी, खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतम, प्यावसन म्याग्दीका अध्यक्ष कृष्णप्रसाद सुवेदी, विद्यालय अभिभावक संघका अध्यक्ष सन्तोष गौतम लगायतले सफलताको शुभकामना ब्यक्त गर्दै गुणस्तर शिक्षासंगै विद्यार्थीहरुलाई क्षमताअनुसार अतिरिक्त क्रियाकलापमा सहभागि गराउनुपर्ने धारण ब्यक्त गरेका थिए । विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले १५ औँ बार्षिक उत्सवसम्म विद्यालयलाई सहयोग गर्ने विद्यार्थी, शिक्षक अभिभावक, शुभचिन्तक सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा सहयोग र सल्लाहसुझाव दिन आग्रह गरेका थिए । विद्यालयका प्रिन्सिपल केसीले विद्यालयको बार्षिक गतिविधिसहित आगामी दिनमा विद्यालयको शिक्षणलाई गुणस्तर बनाउन अभिभावक, शिक्षक र विद्याथीहरुको भूमिका र आगामी योजनाहरु प्रस्तुत गरेका थिए ।

बार्षिकत्सवमा खेलकुद सप्ताहमा सहभागि भएर विजेता र उपविजेता विद्यार्थी अभिभावकलाई उपस्थित अतिथिहरुबाट पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । कार्यक्तमको संचालन शिक्षिका सुजता सुवेदीले गरेकी थिईन ।