म्याग्दी समाचार
म्याग्दीका पत्रकार सन्तोष गौतमलाई के.डी बर्ष पत्रकारिता पुरस्कार प्रदान
विकल्प न्यूज/बेनी फागुन ११ गते । म्याग्दीका पत्रकार सन्तोष गौतम शनिबार के.डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानीत हुनुभएको छ । मंगला गाउँपालिका २ सिमलचौरमा रहेको के.डी कटेज प्रा.लीले तेस्रो वार्षिक उत्सवको अवसरमा समाचारको माध्यमबाट कृषि र ग्रामिण पर्यटन क्षेत्रको विकासमा पु¥याएको योगदान वापत गौतमलाई ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको हो । अन्नपूर्ण […]
विशेषज्ञ चिकित्सकसहितको निशुल्क स्वास्थ्य शिविरबाट ६ सय १५ जना लाभान्वित
धु्रबसागर शर्मा /विकल्प न्यूज फागुन ११ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा पहिलो पटक आयोजना गरिएको विशेषज्ञ चिकित्सक सहितको वृहद् निशुल्क स्वास्थ्य शिविरबाट ६ सय १५ जना लाभान्वित भएका छन् । म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमान्डौ र बेनपा २ को सह आयोजनामा संचालन गरिएको १ दिने बृहद् निशुल्क स्वास्थ्य शिबिरमा […]
म्याग्दीमा एनसेल टावर सुरक्षाका लागि प्रहरी परिचालन
विकल्प न्यूज/बेनी फागुन ११ गते । म्याग्दीका विभिन्न स्थानमा रहेका एलसेल टावरमा आगजनी गर्ने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ । शुक्रवार राती निजी क्षेत्रको दुरसंञ्चार प्रदायक संस्था एनसेलका पाँच वटा रिपिटर टावरमा अज्ञात समुहद्धारा आगजनी हुँदा टावरमा सामान्य क्षति पुगेको प्रहरी नायव उपरिक्षक महेन्द्र मरासीनीले बताउनुभयो । टावरमा सामान्य क्षति मात्र पुगेको हो मोवाइल सेवा […]
सुदिप रावल स्मृति कोषद्धारा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत
विकल्प न्यूज/बेनी फागुन ११ गते । म्याग्दीको बेनीमा स्थापना भएको सुदिप रावल स्मृति कोषले राष्ट्रिय परिक्षा बोर्डले शैक्षिक सत्र २०७४ र २०७५ मा लिएको दश जोड दुई तहको परिक्षामा सहभागी भई उत्कृष्ट अंक ल्याउने म्याग्दीका तीन विद्यार्थीहरुलाई शनिवार पुरस्कृत गरेको छ । वि.स २०६५ फागुन १ गते बागलुङमा सडक दुर्घटनामा परि दिवंगत भएका रावलको स्मृतिमा स्थापना […]
डिएसपी बसुन्धरा खड्का संयुक्त राष्ट्र संघको उच्च पदमा छनोट
विकल्प न्यूज/बेनी फागुन १० गते । नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का संयुक्त राष्ट्र संघको उच्च पदमा मनोनयन हुनु्भएको छ । इटालीस्थित राष्ट्रसंघको ग्लोबल सर्भिस सेन्टरको प्रि थ्री तहको पदमा उहाँ छनोट भएको हो । पि थ्री तहको पदमा थोरै मात्र प्रहरी अधिकारीहरु पुगेका छन् । इटालीमा उहाँले ट्रान्जिसनल क्राइम अफिसरका रुपमा काम गर्नुहुने छ । विश्वभरीका […]
विद्युतीय पुस्तकालय सञ्चालनका लागि ल्यापटप सहयोग
विकल्प न्यूज/बेनी फागुन १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ–तातोपानीमा रहेको सर्वोदय माविमा विद्युतीय पुस्तकालय सञ्चालनका लागि एक विदेशी संस्थाले शुक्रबार ल्याप्टप सहयोग गरेको छ । दक्षिण कोरीयाको अम हङ गिल फाउण्डेशनले १७ लाख रुपैयाँ मूल्य बराबरको १९ थान ल्याप्टप कम्प्युटर सहयोग उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धी पुनले जानकारी दिनुभयो । संस्थाका […]
गिद्धेश्वर महायज्ञमा साढे ५३ लाख रुपैयाँ संकलन
विकल्प न्यूज/बेनी फागुन १० गते । जलजला गाउँपालिका ५ लेकफाँटमा रहेको गिद्धेश्वर शिवालय मन्दिरमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञको छैठौ दिन शुक्रबार सम्म करिब साढे ५३ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । धार्मिक पर्यटकीय सम्भावना बोकेको गिद्धेश्वर शिवालय मन्दिरको संरक्षण र नियमित पुजा सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले फागुन ५ गतेदेखि सुरु भएको […]
दिपक माविको वार्षिकोत्सव
समिर रोका/विकल्प न्यूज पात्लेखेत १० फागुन । बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माविको ६० औ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार विबिध कार्यक्रम गरेर मनाइएको छ । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयको वार्षिकोत्सवमा नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी लगनशिल, शिक्षक सक्रीय र अभिभावक जिम्मेवार बन्नुपर्ने बताउनुभयो । […]
वुद्ध एकेडेमीले १३ औं अभिभावक दिवस मनायो
विकल्प न्यूज/बेनी फागुन १० गते । बेनी नगरपालिका २ बगरफाँटमा रहेको वुद्ध एकेडेमीले शुक्रबार विभिन्न कार्यक्रम गरेर १३ औं अभिभावक दिवस मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रजिअ लीलाधर अधिकारीले शैक्षिक विकासमा निजी विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले निजी विद्यालयको राम्रा अभ्यासको सामुदायिक विद्यालयहरुले अनुशरण गरेमा शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताउनुभयो […]
चर्पीमा बस्दै आएकी जमुना परिवारलाई डेराको व्यवस्था
विकल्प न्यूज/बेनी फागुन १० गते । आफ्ना दुई नातीहरुसँगै विद्यालयको चर्पीका लागि बनाइएको टहरामा बस्दै आएकी बेनी नगरपालिका २ ज्यामरुककोटकी जमुना सुनारलाई डेराको व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको २ नम्बर वडा कार्यालयको पहलमा ७५ वर्षीया जमुना र उनका नातीहरुलाई बसोबासको लागि बगरफाँटमा कोठा खोजेर डेराको व्यवस्था गरिएको हो । साथै ९ वर्षीय एनोस र ७ […]
रघुगंगाको झिँमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटोसहित)
विकल्प न्यूज/बेनी फागुन १० गते । म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिँमा शुक्रवार देखि अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । रघुगंगा गाउँपालिकाले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसील उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन गर्दै जिसस प्रमुख केसीले स्थानीय तहमा आयोजना गरिएको प्रतियोगिताले […]
मंगलाको प्रथम राष्ट्रपति कपको उपाधि महेन्द्ररत्नलाई
सिजन रोका/विकल्प न्यूज बाबियाचौर ९ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बरंजाको महेन्द्ररत्न माविले जितेको छ । ११ वटा स्वर्ण, ६ वटा रजत र ९ वटा कास्य पदक जितेर पहिलो भएको महेन्द्ररत्नले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद पचास हजार रुपैयाँ पुरस्कार […]
गिद्धेश्वर महायज्ञको पाँचौ दिनसम्म करिब ३६ लाख संकलन
विकल्प न्यूज/बेनी फागुन ९ गते । जलजला गाउँपालिका ५ लेकफाँटमा रहेको गिद्धेश्वर शिवालय मन्दिरमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञको पाँचौ दिन बिहीबार सम्म करिब ३६ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । धार्मिक पर्यटकीय सम्भावना बोकेको गिद्धेश्वर शिवालय मन्दिरको संरक्षण र नियमित पुजा सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले फागुन ५ गतेदेखि सुरु भएको महायज्ञको पाँचौ […]
बेनीमा गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
विकल्प न्यूज/बेनी फागुन ९ गते । म्यादीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा संचालित प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुने छ । आठांै राष्ट्रिय खेलकुद २०७५ मा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गण्डकी […]
खाद्य पदार्थको गुणस्तरमा जोड
विकल्प न्यूज/बेनी फागुन ८ गते । बुधवार बेनीमा आयोजना गरिएको एक कार्यक्रमका वक्ताहरुले खाद्य प्रदार्थको गुणस्तरमा जोड दिएका छन् । मानव स्वास्थ्य सँग जोडिएका उपभोग्य वस्तुहरु आयत गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने कार्यक्रमका वक्ताहरुले बताएका हुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा बेनीका सरोकारवाला सँग गरेको एस पि एस […]