फिचर
दिदीबहिनीको सामुहिक लगानीमा बेनीमा खुल्यो लोकल मार्ट

विकल्प न्यूज/बेनी असोज २३ गते । बेनीका महिलाहरुले सामुहिक लगानीमा म्याग्दी लोकल मार्ट खोलेका छन् । बेनी नगरपालिका ७ विरेन्द्र चोकमा स्थानीय उत्पादनहरुको संकलन गरि विक्रि वितरण गर्नका लागि महिलाहरुले सामुहिक लगानी गरेर पसल खोलेका हुन । बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाल,बेनी विरेन्द्रचोककी पुष्पा पुन,न्यूरोडकी अम्बिका श्रेष्ठ , सुगम श्रेष्ठ र जलजला ७ मिलनचोककी जमुना […]
प्रशासनमा पुग्ने सेवाग्राहीलाई पत्रपत्रिका पढ्ने सुविधा ..

विकल्प न्यूज/बेनी असोज १६ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सेवा लिन आउने सेवाग्राहीको सुविधाका लागि कार्यालय परिसरमा राष्ट्रिय,स्थानीय पत्रपत्रिका तथा विभिन्न जानकारीमुलक पुस्तकहरु पढ्ने सुविधा प्रदान गरेको छ । तस्विर ठाकुरप्रसाद आचार्य
बेनी – जोमसोम सडक ः ट्रयाक खुल्यो, जोखिम उस्तै

घनश्याम खड्का /बेनी असोज १० गते । बेनी-जोमसोम ७६ किलोमिटर सडकमा ‘ट्रयाक’ खोलेपछि सोमसार साँझदेखि पुन:यातायात सञ्चालन भएको छ । सडकको बेनी-घाँसा ४० किमी पहिरोग्रस्त खण्डका गलेश्वर, भीरकाटे, तातोपानी, गुईठे, रुप्सेछहरा, काप्रे र बाँदरजुँगभीरमा झरेको पहिरोमा ‘ट्रयाक’ मात्र खुलेको हो । सडक पुरै पहिरोग्रस्त र अझै जोखिमयुक्त छ । सडकको दर्जनबढी स्थानमा पहिरो झर्ने र भासिने क्रम […]
हत्केलामा ज्यान राखेर भिरकाे यात्रा

विकल्प न्युज / बेनी असाेज ४ गते । बेनी जाेमसाेम सडक खण्ड अन्तरगत काभ्रे भिरमा गयकाे पहिराेका कारणा सडक अवरुद्ध भयकाे छ । सडक बन्द हुदा मुस्ताङ पुग्ने यात्रुहरू जाेखिम माेलेर यात्रा गर्न बाध्य छन । तस्वीर ईन्द्र शिह शेरचन
संविधान दिवसका अवसरमा प्रभातफेरी (फोटो)

विकल्प न्यूज/बेनी असोज ३ गते । संविधान दिवस २०७५ का अवसरमा बेनीमा प्रभातफेरी गरिएको छ । बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी न्यूरोड,क्याम्पस चोक,संगमचोक हुँदै बेनी सामुदायिक माविमा पुगेर औपचारिक कार्यक्रम गरिएको हो । प्रभातफेरीमा प्रदेश सांसद विनोद केसी,जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र वहादुर केसी,जिल्ला न्यायाधिश राजकुमार कोइराल, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी लीलाधर […]
संविधान दिवसका अवसरमा बेनी जोगाउन श्रमदान (फोटो)

विकल्प न्यूज /बेनी असोज २ गते । संविधान दिवस २०७५ का अवसरमा कालीगण्डकी नदी किनारमा श्रमदान गरिएको छ । कालीगण्डकी नदीको कटानबाट बजारलाई जोगाउन श्रमदान गरिएको हो । जनप्रतिनिधि,कर्मचारी,उद्योगी व्यवसायी,नेपाल प्रहरी र सर्वसाधारणहरुले नदी किनारमा दुइघण्टा श्रमदान गरेका हुन । नदीको कटानबाट बेनीलाई जोगाउन ग्यावियन झाली भरिएको हो । गत बुधवार कालीगण्डकी नदीमा […]
बेनी जोगाउन श्रमदान (फोटोफिचर)

विकल्प न्यूज/बेनी भदौ ३० गते । कालीगण्डकी नदीमा आएको बाढीले पक्की पर्खाल भत्काएपछि जोखिममा परेको बेनी बजार जोगाउन स्थानीयवासीहरु श्रमदानमा जुटेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले गरेको निर्णय अनुसार बेनी नगरपालिकाको अगुवाईमा नेपाल प्रहरी,शसस्त्र,नेपालीसेना,उद्योगी व्यवसायी र सर्वधारणहरुको सहभागितामा नदी किनारमा ग्याविन झाली निर्माण सुरु गरिएको छ । बेनपाका ७ र ८ नम्बर वडाका […]
गलेश्वर स्थित गायत्री मन्दिरलाई जोगाउने कसरत (फोटो)

विकल्प न्यूज/बेनी भदौ ३० गते । रघुगंगा गाउँपालिका ३ गलेश्वर स्थित गायत्री मन्दिरको क्षेत्रलाई नदीको कटानबाट जोगाउन पहल थालिएको छ । बुधवार राती रघुगंगा नदीमा आएको वाढीका कारण गायत्री मन्दिरको केही भाग नदीले कटान गरि खसालेको छ । स्काभेटरको सहायताले गायत्री मन्दिर तिर बगेको पानीको बहावलाई कम गरि थप कटानबाट जोगाउन पहल गरिएको […]
बेनी बजार संरक्षणका लागि बनाइएको पर्खाल भत्कीयो (फोटो)

विकल्प न्यूज/बेनी भदौ २८ गते । बुधवार कालीगण्डकीमा आएको वाढीका कारण म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि निर्माण गरिएको सिमेन्टेट पर्खाल भत्कीएको छ । रघुगंगा र कालीगण्डकीमा आएको वाढीका कारण उद्योग बाणिज्य संघको भवन तलबाट म्याग्दी जेसिज भवन सम्मको करिव डेढसय मिटर पक्की सिमेन्टेट पर्खाल पूर्णरुपमा कालिगण्डकी नदीले बगाएको छ । गत आर्थिक वर्षमा […]
सर्वाधिक गोलकर्ता …

विकल्प न्यूज/बेनी भदौ २७ गते । बेनीमा सम्पन्न आन्तर मावि स्तरीय छात्रा फुटबल प्रतियोगिता २०७५ मा गलेश्वर आदर्श माविका खेलाडी रश्मी श्रेष्ठले खेलअवधि भर ४ गोल गर्न सफल भएकी थिइन । यसै गरि वेष्ट प्वाईन्टी छात्रा यामुना पुन,बुद्ध एकेडेमीकी भावना थापाले ४ गोल गरेर सर्वाधिक गोलकर्ता घोषित भएका छन् । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले खेलाडी […]
उत्कृष्ट खेलाडी

विकल्प न्यूज/बेनी भदौ २७ गते । बेनीमा सम्पन्न आन्तर मावि स्तरीय छात्रा फुटबल प्रतियोगिता २०७५ मा माउण्ट एभरेष्ट आवासीय माविकी दिक्षातिलिजा उत्कृष्ट खेलाडी घोषित भएकी छिन् । तस्विर ठाकुरप्रसाद आचार्य
छात्रा फुटबल प्रतियोगिताको उपाधी माउण्टलाई

विकल्प न्यूज/बेनी भदौ २७ गते । बेनीमा मंगबार सम्पन्न अन्तर माध्यमिक विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधी माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ । गलेश्वर आदर्श माविलाई शून्य का विरुद्ध दुई गोलले हराउँदै माउण्टले जिल्ला खेलकुद कप २०७५ को उपाधि जितेको हो । प्रतियोगिताको बिजेता र उपबिजेता विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद २० […]
जनप्रतिनिधिलाई कर्मचारीको ५ गोल !

विकल्प न्यूज/बेनी भदौ १५ गते । जनप्रतिनिधि र कर्मचारी विच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीहरुले २ का विरुद्ध ५ गोल गरेर कर्मचारी मिलनकेन्द्र विजेता बनेको छ । राष्ट्रिय खेलकुद परिषदको ५५ औं स्थापना दिवसका अवसरमा बेनीको खुल्ला मञ्चमा कर्मचारी मिलन केन्द्र र बेनी नगरपालिकाका जनप्रतिनिधि विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । जिल्ला खेलकुद […]
बेनीमा रोपाई नाच (फोटोफिचर)

विकल्प न्यूज/बेनी भदौ १५ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा शुक्रवार रोपाई नाच देखाइएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
म्याग्दी क्याम्पसका विद्यार्थीहरुलाई योग शिक्षा (फोटोसहित)

विकल्प न्यूज/बेनी भदौ ८ गते । म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रवार योगशिक्षा प्रदान गरिएको छ । स्वस्थ्य जिवन शैली अपनाउनका लागि विद्यार्थीरुलाई योग शिक्षा प्रशिक्षण कार्यक्रम राखिएको हो ।नविन आनन्द योग केन्द्र नेपाल म्याग्दीका गुरु नविन जुग्जालीले स्नातकतहक व्यवस्थापन संकाय पहिलो वर्ष र मानविकीको चौथो वर्षमा अध्ययनरत गरि करिब ५० जना विद्यार्थीहरुलाई दुइ घण्टा […]