बेनी – जोमसोम सडक ः ट्रयाक खुल्यो, जोखिम उस्तै

घनश्याम खड्का /बेनी
असोज १० गते । beni-jomsom-road-danger-075-2692018111511बेनी-जोमसोम ७६ किलोमिटर सडकमा ‘ट्रयाक’ खोलेपछि सोमसार साँझदेखि पुन:यातायात सञ्चालन भएको छ । सडकको बेनी-घाँसा ४० किमी पहिरोग्रस्त खण्डका गलेश्वर, भीरकाटे, तातोपानी, गुईठे, रुप्सेछहरा, काप्रे र बाँदरजुँगभीरमा झरेको पहिरोमा ‘ट्रयाक’ मात्र खुलेको हो । beni-jomsom-road-danger-075-5-2692018110355सडक पुरै पहिरोग्रस्त र अझै जोखिमयुक्त छ । सडकको दर्जनबढी स्थानमा पहिरो झर्ने र भासिने क्रम यथावत छ । सडकको आधाबढी कि माथीबाट झरेको पहिरोले पुरिएको कि सडक तल भासिएको छ ।

‘साँघुरो, हिलाम्मे र भिरालो सडकमा गुडेको गाडी भित्र बस्दा त मुटु नै हल्लिन्थ्यो । गाडी दायाँबायाँ पुरै झुकेर कोल्टे पर्दा परिवार सम्झाउने रहेछ,’ मुक्तिनाथ दर्शनगरी फर्केका भारत तामिलनाडु, मद्रासका पर्यटक अरुणकुमारले भने, ‘पहिरोग्रस्त सडक अझै जोखिमपूर्ण छ ।’ beni-jomsom-road-danger-075-11-2692018110449कालीगण्डकी करिडोर अन्र्तगत बेनी-जोमसोम-कोरला सडक आयोजनाको तल्लो बेनी-जोमसोम ७६ किमी खण्डलाई ४ प्याकेज बनाई नाली, ७ मिटर पीच सहित १० मिटर चौडा सडक निर्माण गर्न २ अर्व ४९ करोड लागतमा सडक विस्तार काम भैरहेको छ ।

सडक विस्तार गर्ने क्रममा पुरानो ‘सेट’ भएको भित्तो डोजरले खनेर डिलमुनी फालिएको तर पुन: सपोर्ट वाल नलगाईएकोले बेनी-घाँसा सडक खण्डमा प्रत्यक सय मिटरमा माथीबाट जंगलसहित खसेको पहिरोले पुरेको छ । भित्ता काटेर निक्लेको माटो अब्यवस्थित तरिकाले डिलमुनी फालेकोले बर्खाको झरीले पहिरो बनेर बग्दा समस्या बनेको हो । beni-jomsom-road-danger-075-8-2692018110422‘बेनी-जोमसोम सडकमा यातायात खुलेपनि यातायात सहज भएको छैन । धेरै स्थानमा गाडी दोहोर चल्ने अवस्था छैन । सोह्र श्राद्ध लागेको र मुक्तिनाथ पुग्ने तीर्थयात्रीको चाप बढेकोले दुर्घटनाको जोखिम झन बढेको छ,’ पहिरोग्रस्त सडक अवलोकनमा आएका संघीय संसदका सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘सडकमा यातायात खुलाउनु पहिलो प्राथमिकता थियो अब सुरक्षित यात्रा गराउनु आवश्यक छ । दसैं अघिसम्म दुर्घटनाको उच्च जोखिमग्रस्त रहेको क्षेत्रका पहिरो पन्छ्याउन मेरो पहल हुन्छ ।’ beni-jomsom-road-danger-075-12-2692018110459मनसुनले गर्दा सडक झन जोखमिपूर्ण भएका छन । पहिरोले साँघुरा बनेका सडक हिलाम्मे हुँदा सडकमा गाडी चिप्लिएर दुर्घटनामा पर्ने र हिलोमा गाडी फस्ने समस्या छ । हिलोमा गाडी फस्दा घन्टौं सडक जाम हुने गरेको छ । ग्रेड नमिलेको साँघुरो र खाल्डाखुल्डी परेको ७६ किमी सडक छिचोल्न ठूला बसलाई पुरै ७ घन्टासम्म लाग्ने गरेको छ । फोरह्विल साना गाडीलाई पनि ४ घन्टा जस्तै गुडेपनि लाग्छ । kantipurdaily.com