छात्रा फुटबल प्रतियोगिताको उपाधी माउण्टलाई

विकल्प न्यूज/बेनी
भदौ २७ गते । DSC_0308बेनीमा मंगबार सम्पन्न अन्तर माध्यमिक विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधी माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ । गलेश्वर आदर्श माविलाई शून्य का विरुद्ध दुई गोलले हराउँदै माउण्टले जिल्ला खेलकुद कप २०७५ को उपाधि जितेको हो । DSC_0304प्रतियोगिताको बिजेता र उपबिजेता विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद २० हजार र १२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भूषाल, कोष नियन्त्रक छविन्द्र वेलवासे, बेनपाका प्रवक्ता रामकृष्ण वराइली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, प्रथम पुरस्कार प्रायोजक कमला गिरी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । DSC_0309यसै गरि फाइनल खेलको म्यानअफद म्याच दिया शेरपुन्जा,उत्कृष्ट खेलाडी माउण्टकी दिक्षा तिलिजा, सर्वाधिक गोलकर्ताहरुमा रश्मी श्रेष्ठ गलेश्वर आदर्श मावि,यामुना पुन वेष्ट प्वाइन्ट,भावना थापा बुद्ध एकेडेमी  घोषित भएका छन् । यसै गरि बुद्ध एकेडेमी बगरफाँट अनुशासित टिम घोषित भएको छ । प्रतियोगितामा १२ विद्यालयले सहभागिता जनाएका थिए । DSC_0310छात्राहरुलाई फुटबल खेलप्रति आकर्षित गर्ने उद्देश्यले “हामी सक्छौ” भन्ने मुल नारा सहित आयोजना गरिएको खेलकुद विकास समितिका सदस्य तथा प्रतियोगिताका संयोजक मनकुमारी विश्वकर्माले बताउनुभयो । DSC_0315अनन्त गिरीको स्मृतिमा गिरीको आमा कमला गिरीले पहिलो पुरस्कार र ग्लोबल एजुकेशन कन्सलटेन्सी बेनीले दोस्रो पुरस्कारको प्रायोजन गरेका थिए । DSC_0319जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विश्वकर्माको अध्यक्षता र कोषाध्यक्ष निदेश केसीको सञ्चालनमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो । २०७४ मा न्यू वेष्ट पोइन्टले उपाधी हात पार्न सफल भएको थियो ।DSC_0328DSC_0322