विकल्प न्यूज/बेनी
भदौ २८ गते ।
बुधवार कालीगण्डकीमा आएको वाढीका कारण म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि निर्माण गरिएको सिमेन्टेट पर्खाल भत्कीएको छ ।
रघुगंगा र कालीगण्डकीमा आएको वाढीका कारण उद्योग बाणिज्य संघको भवन तलबाट म्याग्दी जेसिज भवन सम्मको करिव डेढसय मिटर पक्की सिमेन्टेट पर्खाल पूर्णरुपमा कालिगण्डकी नदीले बगाएको छ । गत आर्थिक वर्षमा निर्माण गरिएको पर्खाल भत्कीदा करिव पाँचकरोड रुपियाँ बरवारको क्षति भएको अनुमान गरिएको छ । सदरमुकाम बेनीबजारलाई सुरक्षित गर्ने उद्देश्यले आर्थिक वर्ष ०७५/०७६ मा सक्ने गरि ५३ करोडको बजेट प्रस्ताव गरि नदी नियन्त्रण आयोजना सञ्चालनमा थियो । आयोजना सम्पन्न नहुँदै निर्माण गरिएको पर्खाले नदीले भत्काएको छ ।
तस्विरहरु ठाकुरप्रसाद आचार्य