संविधान दिवसका अवसरमा बेनी जोगाउन श्रमदान (फोटो)

विकल्प न्यूज /बेनी
असोज २ गते ।  DSC_0277 DSC_0279 DSC_0288 DSC_0289  DSC_0294  DSC_0301 संविधान दिवस २०७५ का अवसरमा कालीगण्डकी नदी किनारमा श्रमदान गरिएको छ । कालीगण्डकी नदीको कटानबाट बजारलाई जोगाउन श्रमदान गरिएको हो । जनप्रतिनिधि,कर्मचारी,उद्योगी व्यवसायी,नेपाल प्रहरी र सर्वसाधारणहरुले नदी किनारमा दुइघण्टा श्रमदान गरेका हुन । नदीको कटानबाट बेनीलाई जोगाउन ग्यावियन झाली भरिएको हो । DSC_0291गत बुधवार कालीगण्डकी नदीमा आएको बाढीका कारण ढेडसय मिटर पक्की पर्खाल भत्किएपछि कटानको जोखिम वढेको हो ।DSC_0297

जिल्ला समन्य समितिका प्रमुख देवेन्द्र वहादुर केसी,प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी,रघुगंगा गाउँपालिका अध्यक्ष भववहादुर भण्डारी र सरकारी कार्यालयका प्रमुख लगायत अन्य कर्मचारीहरु गरि करिव ढेडसयजना श्रमदानमा जुटेका थिए । DSC_0276साथै प्रकाश माविमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले पनि एकघण्टा श्रमदान गरेका छन् । श्रमदानबाट पाँचथान ग्यावियन भर्ने काम गरिएको थियो । तस्विर ठाकुरप्रसाद आचार्य