बेनी जोगाउन श्रमदान (फोटोफिचर)

विकल्प न्यूज/बेनी
भदौ ३० गते ।
कालीगण्डकी नदीमा आएको बाढीले पक्की पर्खाल भत्काएपछि जोखिममा परेको बेनी बजार जोगाउन स्थानीयवासीहरु श्रमदानमा जुटेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले गरेको निर्णय अनुसार बेनी नगरपालिकाको अगुवाईमा नेपाल प्रहरी,शसस्त्र,नेपालीसेना,उद्योगी व्यवसायी र सर्वधारणहरुको सहभागितामा नदी किनारमा ग्याविन झाली निर्माण सुरु गरिएको छ । बेनपाका ७ र ८ नम्बर वडाका साथै म्याग्दी उद्योग वाणिज्य संघले बजारवासीहरुलाई श्रमदानमा जुट्न अनुरोध गरेका छन् । DSC_0358 DSC_0361 DSC_0362   DSC_0371  DSC_0378 ग्यावीनमा ढुंगा भरेर किनारमा पर्खाल निर्माण गरि थप कटान हुन नदिनका लागि बजारबासीलाई श्रमदान गर्न अनुरोध गरिएको बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।DSC_0368 जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको प्राबिधिक र बेनपाको ब्यवस्थापनमा नदी कटानको थप जोखिमलाई न्यूनिकरण गर्नका लागि ग्याविन झाली भर्ने काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनुभयो । नदीको थप कटान नहोस भनेर तत्कालको रोकथामका लागि पहल गरिएको उहाँले बताउनुभयो ।DSC_0374संविधान दिवसको अवसरमा असोज २ गते मंगलबार सरकारी कर्मचारीहरुले पनि एकदिन श्रमदान गर्ने निर्णय भएको प्रजिअ अधिकारीले बताउनुभयो । DSC_0380DSC_0367शनिबार करिव दुइसय जनाले श्रमदान गरेका छन् ।  तस्विरहरु ठाकुरप्रसाद आचार्य