ताजा समाचार:
Search

जनप्रतिनिधिलाई कर्मचारीको ५ गोल !

विकल्प न्यूज/बेनी
भदौ १५ गते । DSC_0259  जनप्रतिनिधि र कर्मचारी विच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीहरुले २ का विरुद्ध ५ गोल गरेर कर्मचारी मिलनकेन्द्र विजेता बनेको छ ।
राष्ट्रिय खेलकुद परिषदको ५५ औं स्थापना दिवसका अवसरमा बेनीको खुल्ला मञ्चमा कर्मचारी मिलन केन्द्र र बेनी नगरपालिकाका जनप्रतिनिधि विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । DSC_0277जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको फुटबल प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी,श्रीबक्स गणका सेनानी राजन दाहाल,प्रहरी नायब उपरिक्षक विर वहादुर बुढा, कर्मचारी मिलन केन्द्रका अध्यक्ष छविन्द्र बेलवासे, लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।पानी परेको भएपनि खेलाडीहरु उत्साहित देखिन्थे । DSC_0253यसै गरि बेनपाका प्रवक्ता रामकृष्ण बराइलीको नेतृत्वमा वडाअध्यक्ष र नगरकार्यपालिका सदस्यहरु सहभागि थिए ।  प्रतियोगिताका विजेता र उपविजेतालाई जिल्ला समन्य समितिका अध्यक्ष देवेन्द्र वहादुर केसी,प्रजिअ अधिकारी र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णवहादुर विश्वकर्माले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रमामा जिसस अध्यक्ष केसी र प्रजिअ अधिकारीले खेलले कर्मचारी र जनप्रतिनिधि विच भावनात्मक सम्बन्धको विकास गर्ने सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको । DSC_0285खेलले कर्मचारी र जनप्रतिनिधिका विच आपसी विश्वासको वातारण तयार पार्नुका साथै मैत्रीपूर्ण सम्बन्धको विकास गर्न सहयोगी भूमिका खेल्ने अध्यक्ष विश्वकर्माले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन खेलकुद विकास समितिका कोषाध्यक्ष दिनेश केसीले गर्नुभएको थियो । DSC_0327 DSC_0330