ताजा समाचार:
Search

म्याग्दी क्याम्पसका विद्यार्थीहरुलाई योग शिक्षा (फोटोसहित)

विकल्प न्यूज/बेनी
भदौ ८ गते ।   DSC_0232म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रवार योगशिक्षा प्रदान गरिएको छ । स्वस्थ्य जिवन शैली अपनाउनका लागि विद्यार्थीरुलाई योग शिक्षा प्रशिक्षण कार्यक्रम राखिएको हो ।DSC_0230नविन आनन्द योग केन्द्र नेपाल म्याग्दीका गुरु नविन जुग्जालीले स्नातकतहक व्यवस्थापन संकाय पहिलो वर्ष र मानविकीको चौथो वर्षमा अध्ययनरत गरि करिब ५० जना विद्यार्थीहरुलाई दुइ घण्टा सम्म योग शिक्षा दिनुभएको थियो । DSC_0200    DSC_0194  विद्यार्थीहरुलाई योग र असल संस्कार सिकाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताउनुभयो । ‘विद्यार्थीहरुलाई कितावी ज्ञान मात्र होईन, उनिहरुको वृद्धि विकास र दैनिक कृयाकलापमा योग शिक्षाले सहयोग पुग्ने भएकाले कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । DSC_0229व्यस्त जिवन शैली र अस्वस्थ खानपानले गर्दा मानव जिवनलाई असर पु¥याएका कारण विद्यार्थीहरुलाई योग शिक्षा दिई समाजमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । क्याम्पसका सवै विद्यार्थीहरुलाई क्रमशः योग शिक्षा प्रदान गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । DSC_0201घरघरबाट योग अभियान शुरु गर्नुपर्छ भन्ने अभिप्रायका साथ विद्यार्थीहरुलाई योग शिक्षा दिइएको योग गुरु जुग्जालीले बताउनुभयो । ‘योग अभ्यासवाट स्वस्थ रहन सकिन्छ, विरामीले मात्रै योग गर्नुपर्छ भन्ने छैन’ उहाँले भन्नुभयो–‘पढाईमा ध्यान केन्द्रित गर्न पनि योग अभ्यास आवश्यक पर्छ।’DSC_0203प्रशिक्षणमा विद्यार्थीहरुको रुचिपूर्ण सहभागिता रहेको थियो । कार्यक्रममा योग शक्तिको बारेमा जानकारी गराइएको थियो । शारिरिक तथा मानसिक रुपमा स्वस्थ्य बनाउन पनि योग आवश्यक रहेको विद्यार्थी ममता रेग्मीले बताउनुभयो । मानिस स्वस्थ्य रहेमा मात्र समाज स्वस्थ्य रहने भन्दैै योग आवश्यक रहेकाले विद्यार्थीहरुलाई योग शिक्षा प्रदान गरिएको क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताउनुभयो ।DSC_0226