दिदीबहिनीको सामुहिक लगानीमा बेनीमा खुल्यो लोकल मार्ट

विकल्प न्यूज/बेनी
असोज २३ गते ।DSC_0293 बेनीका महिलाहरुले सामुहिक लगानीमा म्याग्दी लोकल मार्ट खोलेका छन् । बेनी नगरपालिका ७ विरेन्द्र चोकमा स्थानीय उत्पादनहरुको संकलन गरि विक्रि वितरण गर्नका लागि महिलाहरुले सामुहिक लगानी गरेर पसल खोलेका हुन ।

बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाल,बेनी विरेन्द्रचोककी पुष्पा पुन,न्यूरोडकी अम्बिका श्रेष्ठ , सुगम श्रेष्ठ र  जलजला ७ मिलनचोककी जमुना आचार्यले करिव १५ लाख रुपियाँ लगानी गरेर सामुहिक पसल खोलेका हुन । पसलमा स्थानीय उत्पादनहरु विक्रीका लागि राखिएको सञ्चालक पुष्पा पुनले बताउनुभयो । लोकल चामल,दाल,गेडागुडी,मस्यौरा,धजरा,च्याउ,आटो,मह,टिमुर, घिउ,तेल लगायत स्थानीय उत्पादनहरु सुपथ मूल्यमा खुद्रा तथा होलसेलमा विक्री भइरहेको सञ्चालक पुनले जानकारी दिनुभयो । DSC_0290  DSC_0297 DSC_0299 DSC_0304