समाचार

म्याग्दीका पत्रकारहरुका लागि आत्मानुशासन सम्बन्धि तालीम

विकल्प/म्याग्दी पुस ६ गते । म्याग्दीको बेनीमा सोमबार जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुका लागि आयोजित आत्मअनुशासन सम्बन्धि तालीम सम्पन्न भएको छ । अस्ट्रेलीयन राजदुतावासको सहयोगमा सेन्टर फर मिडिया फ्रिडमले नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वयमा आयोजना गरेको तालीम दुई दिनसम्म सञ्चालन भएको थियो । म्याग्दीका २० जना पत्रकार तथा सञ्चारकर्मी सहभागि तालीममा पत्रकार आचार संहिता […]

मल्लाजमा सञ्चालित महायज्ञमा एक करोड ४५ लाख रुपैयाँ संकलन

सन्तोष गौतम/विकल्प म्याग्दी ५ पुष । उत्तरी पर्वतको मल्लाज माझफाँटमा आयोजित श्रीमद् भागवत तथा धनधान्याञ्चल विश्व शान्ति ज्ञान महायज्ञ २०७२ आईतबार सम्पन्न भएको छ । पुष २५ गतेदेखि सुरु भएको महायज्ञमा एक करोड ४५ लाख रुपैया संकलन भएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ । अन्तिम दिन आईतबार मात्रै करिब २३ लाख रुपैया संकलन भएको […]

बेनीमा आज गोलाप्रथाद्धारा ग्यासका उपभोक्ता छनौट

सन्तोष गौतम /म्याग्दी पुस ५ गते । म्याग्दीमा सिमित संख्यामा भित्र्न लागेको खाना पकाउने ग्यास वितरणका लागि आईतबार बेनीमा गोलाप्रथाद्धारा उपभोक्ता छनौट गरिएको छ । जिल्ला प्रशासन कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघको पहलमा सोमबार बेनीमा ल्याउन लागिएको ग्यासका लागि गोलाप्रथाद्धारा ४६० जना भाग्यमानी उपभोक्ता छनौट गरिएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चौतारीमा उपभोक्ताहरुको […]

म्याग्दीमा आज गोलापोला प्रथाबाट ग्यास पाउने कार्डनम्बरहरु

म्याग्दीमा आज गोलापोला प्रथाबाट ग्यास पाउने कार्डनम्बरहरु  । पुस ६ गते बेनीमा भित्रिने चारसय ६० शिलिन्डर ग्यासलाई वितरण गर्नका लागि गरिएको गोलापोलाको माध्यमबाट ग्यास पाउने उपभोक्ताहरुको कार्ड नम्बरहरु ।  

अखिल क्रान्तिकारी र वाईसिएलको सयुक्त भेला

म्याग्दी/विकल्प पुस ५ गते । अनेरास्ववीयू क्रान्तिकारी जिल्ला संगठन समिति म्याग्दी र योङ्ग कम्युनिष्ट लिग(वाईसिल) को सयुक्त भेला शनिबार बेनीमा सम्पन्न भएको छ । भेलाले अनेरास्ववीयू क्रान्तिकारीको जिल्ला भेलाका लागि गाउँ गाउँमा संगठन विस्तार तथा सुदृढीकरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको जिल्ला संयोजक सुदिन पौडेलले जानकारी दिनुभयो । उच्च माध्यमीक विद्यालय, क्याम्पस र माविहरुमा यही […]

दरवाङमा लुटेराको गोली प्रहारबाट एक जना घाइते

सन्तोष गौतम/विकल्प म्याग्दी ५ पुष । म्याग्दीको दरवाङमा गएराती लुटेराहरुले प्रहार गरेको गोली लागेर एक जना घाइते भएका छन् । दरवाङ गाविस ८ दिच्यामका ४० वर्षिय बेगप्रसाद रोकालाई लुटेराहरुले गोली प्रहार गरेर घाइते बनाएका हुन् । दाहीने पाखुरा र दाडमा गोली लागेका उनको जिल्ला अस्पताल बेनीमा उपचार भैरहेको छ । रोकाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको […]

मल्लाजमा सञ्चालित महायज्ञको आठौ दिनसम्म एक करोड २३ लाख संकलन

सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ४ गते । उत्तरी पर्वतको मल्लाज माझफाँटमा आयोजित श्रीमद् भागवत तथा धनधान्याञ्चल विश्व शान्ति ज्ञान महायज्ञ २०७२ को आठौ दिनसम्म एक करोड २३ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ । माझफाँट ७ स्थित ऐतिहाँसीक कोत मन्दिरको पुननिर्माण, पुर्वाधार निर्माण, पुजा ब्यवस्थापन र मल्लाज क्षेत्रका धार्मीक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने […]

रानीपौवाका बासिन्दाले विद्यालयका लागि साढे छ लाख जुटाए

सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ४ गते । म्याग्दीको पिप्ले गाविस ४ रानीपौवाका बासिन्दाले सामुदायीक विद्यालय सञ्चालनका लागि साढे छ लाख रुपैयाँ जुटाएका छन् । रानीपौवाको अमरसिङ प्रा.बिको शैक्षिक तथा भौतिक विकासका लागि तिहारमा देउसी भैलो तथा चन्दा संकलन गरेर छ लाख ४८ हजार २९६ रुपैया जुटाएको स्थानीय बासीन्दा सुमन पौडेलले जानकारी दिनुभयो । उक्त नगदबाट अक्षयकोष […]

यसरी गरियो बरंजालाई जिल्लामै पहिलो साक्षर गाविस घोषणा(फोटो सहित)

सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ४ गते । म्याग्दीको बरंजालाई शनिबार जिल्लाकै पहिलो साक्षर गाविस घोषणा गरिएको छ । सोही अवसरमा बिद्यालय उमेर समूहका सबै बालबालीका विद्यालयको पहुँचमा रहेको गाविस पनि घोषणा गरिएको छ । बरंजामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९५.२ प्रतिशत बासिन्दाले अंक, अक्षर चिन्न, पढ्न र लेख्न सक्ने भएपछि गाउँ शिक्षा समितिको […]

आँखाका रोगी खोज्दै स्वास्थ्यकर्मी र स्वमसेवकको टोली गाउँमा

सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ४ गते । म्याग्दीका स्वास्थ्यकर्मी र स्वमसेवकहरुले आँखाका रोगी खोज्न ग्रामिण क्षेत्र केन्द्रित अभियान सुरु गरेका छन् । आर्थिक अभाव, भौगोलिक बिकटता, चेतनाको कमी लगायतका कारणले उपचार सेवा पाउन नसकेका आँखा सम्बन्धि समस्या भएका बिरामीहरुलाई घरदैलोमै सहज रुपमा सुबिधा उपलब्ध गराउन ग्रामिण क्षेत्रमा आँखा शिवीर सञ्चालन गर्न थालीएको हो । बेनी बजारमा […]

कागवेनी–मुक्तिनाथ सडक खण्ड कालोपत्रे सुरु

पुस ४, हिमालपारीको जिल्ला मुस्ताङको कागवेनी–मुक्तिनाथ सडक खण्डमा कालोपत्रेको कार्य सुरु भएको छ । मुस्ताङ जिल्लाकै पहिलो कालोपत्रे सडकको रुपमा कागवेनीदेखि मुक्तिनाथ जोडने सात किलोमिटरको सडक कालोपत्रे हुन लागेको हो । मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुर्ननिर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे हुन लागेको हो । जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर रविन्द्र तिवारीका […]

माझफाँटमा निशुल्क आँखा शिवीर सुरु

विकल्प /म्याग्दी पुस ४ गते । म्याग्दी बेनपा रत्नेचौर निवासी हाल मलेशियाका सफल व्यवसायी एब्म समाजसेवी दिपक बोगटीको आर्थिक सहयोगमा शनिवार मल्लाज माझफाँट स्थित रेडक्रस भवनमा निशुल्क आँखा शिवीर सुरु भएको छ । म्याग्दीका लायन्स क्लबहरुको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा माझफाँटमा आँखा शीवीर सुरु भएको हो । बोगटीका स्वः (ओमबहादुर बोगटी) वुवा […]

क्यान्सर पीडित जगत केसी बचाउँ अभियान

विकल्प /म्याग्दी पुस ३ गते । खुट्टाको हड्डीमा क्यान्सर भई हाल भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार गरिरहेका  बेनी नगरपालिका १२ डडुवा निवासी जगत केसीको जिबन रक्षाका  लागि बेनीमा आर्थिक संकलन अभियान सुरु गरिएको छ ।   बेनपा १२ डडुवामा रहेको ज्योति युवा क्लबले शुक्रवार सदरमुकाम बेनीबजारमा १३ वर्षीय क्यान्सर पीडित केसीको उपचारका लागि आर्थिक संकलन […]

माझफाँटमा जारी महायज्ञमा पचासलाख भन्दा वढि संकलन

विकल्प/म्याग्दी पुस ३ गते । उत्तरी पर्वतको मल्लाज माझफाँटमा आयोजना गरिएको महायज्ञमा शुक्रवार सम्म पचासलाख रुपियाँ भन्दा वढि आर्थिक संकलन भएको छ ।   महायज्ञमा माझफाँट निवासी हाल काठमाण्डौ वस्ने उद्योगी एवम् समाजसेवी शिवकुमार श्रेष्ठले २० लाख ४५ हजार १६२ रुपियाँ नगद दान गर्नुभएको महायज्ञ प्रचारप्रसार संयोजक नविन जिसीले जानकारी दिनुभयो । माझफाँट ७ स्थित […]

धौलागिरीमा ३२ हजार लिटर पेट्रोल भित्रीयो,कालोबजारीहरु निराश

सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २ गते । धौलागिरीका तिन जिल्लाको लागि एक महिनापछि ३२ हजार लिटर पेट्रोल भित्रीएको छ । पेट्रोल भित्रिएपछि अवैध तरिकाले जिल्लामा इन्धन ल्याई कालोबजारी गरेर पैसा कुम्लाउने कालोबजारीहरुमा भने निराशा छाएको छ । म्याग्दी, बागलुङ र पर्वत जिल्लाका ट्याक्सी, कार र मोटरसाईकलका लागि ठूलो मात्रामा पेट्रोल भित्रीएपछि राहत मिल्ने अपेक्षा गरिएको छ […]