बेनी खानेपानीको क्षमत्ता बढाउन चार करोड ९३ लाख अनुदान प्राप्त
सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस २४ गते । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १५ औ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभामा बेनी बजारमा खानेपानी वितरण गर्दै आएको संस्थाको क्षमत्ता विस्तारका लागि सर्वेक्षण पुरा भई ठेक्का सम्झौताको क्रममा रहेको जानकारी गराइएको थियो । सात करोड चार लाख ४० हजार ३३४ रुपैयाँको लागत अनुमान गरिएको आयोजनाको क्षमत्ता विस्तारका लागि सरकारले चार करोड ९३ लाख आठ हजार २३३ रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।
यसैगरी नगर विकास कोषबाट एक करोड ७६ लाख १० हजार ८३ रुपैयाँ ऋण लिने त्रिपक्षिय सम्झौता भएको र ३९ लाख रुपैया उपभोक्ताबाट लगानी हुने साधारण सभामा प्रस्ताव गरिएको छ ।
उपभोक्ताको जनश्रमदान वापतको ३५ लाख २२ हजार १८ रुपैयाँ संकलन गर्न पुराना उपभोक्ताबाट प्रतिघरधुरी चार हजार र नयाँ उपभोक्ताबाट छ हजार रुपैयाका दरले नगद संकलन गर्ने संस्थाको संञ्चालक समितिले प्रस्ताव गरेका छन् । नौ सय भन्दा बढी घरधुरी उपभोक्ता आवद्ध रहेको संस्थाले जनसंख्या र जनघनत्वको बढ्दो चापका कारण खानेपानी आपूर्तीमा समस्या भएपछि रिजर्भ टंकी, ईन्टेक, पाईपको क्षमत्ता विस्तार गर्न लागेको अध्यक्ष सुवास कुमार श्रेष्ठले बताउनुभयो ।
अध्यक्ष श्रेष्ठको अध्यक्षता सचिव माधवप्रसाद रेग्मीको सञ्चालन, स्वागत उपाध्यक्ष तुलसीलता श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा कोषाध्यक्ष याम शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सचिव रेग्मीको प्रगति र कोषाध्यक्ष शाक्यको आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको छ । कार्यक्रममा उपभोक्ताहरुको तर्फबाट रामजीप्रसाद सुवेदी, टोल संयोजकको तर्फबाट सुन्दरमान शेरचन र रेडक्रसका मन्त्री अमर बानियाँले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । use file photo

प्रतिक्रिया राख्नुहोस्