म्याग्दीका महिला उद्यमीहरुद्धारा माघे संक्रान्ति मेलाको निरन्तरता

विकल्प न्यूज /बेनी
पुस २२ गते । म्याग्दीका महिला उद्यामीहरुले परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ती मेलाको जर्गेना गर्नका लागि यसपाली पनि सदरमुकाम बेनीमा मेलाको आयोजना गर्ने भएका छन् ।
म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा आगामी माघ १ र २ गते सदरमुकाम बेनीमा माघे संक्रान्ति मेला आयोजना हुने भएको हो ।


DSC07998

मेलाको बारेमा जानकारी दिन बुधवार आयोजीत पत्रकार सम्मेलनमा बोल्दै महिला उद्यम विकास समितिका सभापती अमृता भण्डारीले जिल्लाको पहिचानका रुपमा परम्परागत रुपमा लाग्ने माघेसंक्रान्ती मेलाको जर्गेना गर्दै आन्तरीक पर्यटन प्रर्वद्धनका निम्ती मेला आयोजनाको गर्न लागिएको बताउनुभयो ।
दुई दिन सम्म सञ्चालन हुने मेलामा खुला एकल लोकनृत्य प्रतियोगिता, छेलो फाल्ने लगायतका प्रतियोगिताका साथै स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

DSC07996
मेलामा जिल्लाका महिला उद्यमीहरुले उत्पादन गरेका बस्ती तथा सामाग्रीहरुको प्रचार प्रसारको लागि पर्दशनी समेत गरिने समितिका महासचिब लक्ष्मी कार्कीले जानकारी दिनुभयो । यो बर्ष नाकाबन्दी लगायतका कारणले गर्दा महोत्सव नलागेपनि परम्परागत रुपमा लाग्दै आएको मेलाको निरन्तरताको लागि माघे संक्रान्ति मेला सञ्चालन गर्न लागिएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माले बताउनुभयो ।

उहाँले म्याग्दीका महिलाहरु उद्यमशिलता तर्पm लाग्नेक्रम बढेकाले उनीहरुकै आयोजनामा हुने मेलालाई सफल बनाएर थप हौसला दिनुपर्ने समेत बताउनुभयो । दुई दिन सम्म सञ्चालन हुने मेलामा रु ३ लाख ३० हजार खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।