बेनी आक्रमणको “युद्धपोल” फिर्ता ल्याउन प्रजिअलाई ज्ञापनपत्र
विकल्प न्यूज /बेनी
पुस २४ गते । बेनी भिडन्तमा राज्य र विद्रोशी विच भएको दोहोरो गोली हानाहानबाट सयौ गोली लागेको विद्युतको पोल फिर्ता ल्याउन सञ्चालन गरिएको अभियानका क्रम शुक्रबार म्याग्दीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ ।

नेपाल जेसीजका राष्ट्रिय निवर्तमान अध्यक्ष धनञ्जय कुमार श्रेष्ठको अगुवाइमा म्याग्दी सामुदायिक पुस्ताकालय, लायन्स क्लब म्याग्दी, म्याग्दी जेसीज र बेनीका पत्रकार सहितको टोली प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई भिषण बेनी आक्रमणको निसानीका रुपमा रहेको विजुलीको पोललाई फिर्ता ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ पाठकले पोललाई जिल्लामा ल्याउन आफूले सहयोग गर्ने बताउनुभयो । ज्ञापनपत्र बुझेपछि प्रजिअ पाठकले ललितपुरका प्रमुख जिल्ला अधिकारी सँग पोलका वारेमा जानकारी लिनुभएको थियो । हाल उक्त पोल ललितपुरको पाटन स्थित ढोकी मै क्याफेमा राखिएको छ ।
जिल्ला प्रशासन सहित स्थानीय सरोकारवाला निकायसंग समन्वय नगरी रातारात गायब गरिएको पोल जिल्लामै ल्याउन सामाजिक सञ्जालमार्फत दवाव सुरू गरिएको थियो ।
मलेसीयमा रहेका रत्नेचौरका दिपक बोगटीले पोललाई जिल्लामा ल्याउन सम्बन्धित निकायलाई अनुरोध सहित सामाजिक सञ्जालमा अभियानको थालनी गर्नुभएको थियो । युद्धका क्रममा ज्यान गुमाएका म्याग्देलीको सम्मानमा पोललाई जिल्लामा फिर्ता ल्याई युद्ध स्मारकका निर्माण गर्नुपर्न नेपाल जेसिजका राष्ट्रिय निवर्तमान अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
स्थानीय प्रशासन, सरोकारवाला निकायसँग समन्वय नगरी रातारात गायव गरिएको विषयमा बेलाबेलामा बहस हुने गरेको भएपनि केन्द्रसम्म पुग्न सकेको थिएन । युद्धको निसानीलाई केही ब्यक्तिले पैसा कमाँउने माध्यम बनाएको बताउँदै जनयुद्धका निसानीलाई संरक्षण गरेर नयाँ पुस्ता र पर्यटकलाई समेत आकर्षीत गर्न सकिने म्याग्देलीको भनाई छ । बेनीको भ्रमणमा आउने सर्वसाधारण तथा राजनीतिक दलका नेताहरू पोलको अवलोकन गरेर फर्कने गरेका थिए ।
तत्कालिन विद्युत प्राधिकरणका प्रमुख सहित कर्मचारीको मिलेमतोमा जिर्ण पोल भन्दै ५ बर्ष अगाडी बेनीबाट गायब पारिएको थियो । मानवअधिकारकर्मी कनकमण्ी दिक्षितले पोलले सार्वजनिक स्थानमा रहेको पोल केही कर्मचारीसंग मिलेर ब्यक्तिको क्याफेमा पु¥याएको पुष्टी भएपनि स्थानीय शान्ति समिति लगाएतका सरोकारवाला निकायले समेत बेवास्था गरिरहेका छन् । २०६० साल चैत्र ७ गते माओवादीले गरेको बेनी आक्रमणमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएकाको सम्झनास्थलको रुपमा पोल सहित संरचना बनाउन समेत म्याग्देलीले माग गरेका छन् । ठाकुरप्रसाद आचार्य

प्रतिक्रिया राख्नुहोस्