विकल्प न्यूज /विकल्प
म्याग्दी,पुस २३ गते ।
म्याग्दीको घारा गाविस १ मा पर्ने पर्यटकीय गाउँ घोडेपानीलाई विहीबार एक समारोहका वीच पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको छ ।
घोडेपानीमा बसोबास गर्ने ४४ घरपरिवारले सरसफाइका आधारभूत सूचक पालना गरेकोले जिल्ला स्तरिय खोनपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, गाविस स्तरिय समिति र सुआहारा परियोजनाको सहयोगमा घोडेपानीलाई सरसफाइयुक्त वडा घोषणा गरिएको हो । अन्नपूर्ण संरक्षण आयोजना अन्तर्गत पर्ने घोडेपानीलाई पूर्ण सरसफाई घोषणा गरिएपछि दुषित पानी र फोहारजन्य स्वास्थ्य समस्या न्यूनिकरण हुनुका साथै पर्यटन प्रबद्र्धनमा सेमत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
हिमालको अवलोकन, लालीगुराँसको जंगल, मगर सँस्कृति र प्राकृतिक सौन्दर्यताको अवलोकनका लागि घोडेपानी पर्यटकीय गन्तव्यका रुपमा चिनिन्छ । घोडेपानीका सबै घरमा पक्की शौचालय र शुद्ध पानीको प्रयोग, सावुनपानीले हात धुने वानीको विका,ि फोहोरको उचित व्यवस्थापन, व्यक्ति, घरायसी र वातावरणीय सरसफाई कायम भएकाले पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको गाविस सचिव बाबुराम शर्माले बताए ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले घारा गाविसका सबै वडालाई पूर्ण सरसफाइयुक्त घोषणाको तयारी गरिएको बताए । कार्यक्रममा सुआहारा परियोजनाका जिल्ला संयोजक पासाङदेवी तामाङ, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवा पुन, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय म्याग्दीका नायव सुब्बा धर्मदत्त सुवेदी, पत्रकार सन्तोष गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा घारा गाविसका राजनीतिक दलका तर्फबाट नेकपा एमालेका राजाराम बरुवाल, वडा ३ का संयोजक कृष्ण बहादुर गर्वुजा, २ का संयोजक तीनबहादुर पुन, पुन समाज नेपालका कोषाध्यक्ष रविन्द्र पुन, वडा नागरिक मञ्च घोडेपानीका पूर्व संयोजक टेकसर बुद्धुजा पुन र सचिव भीमबहादुर गर्वुजाले समेत बोलेका थिए । वडा नागरिक मञ्चका संयोजक जुनुबहादुर पुनको अध्यक्षता उपाध्यक्ष सुशिल पुनको स्वागत र सचिव रनबहादुर पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।