बेनी आक्रमणको युद्धपोल फिर्ता ल्याउन दवाव अभियान सुरु
बेनी भिडन्तमा राज्य र विद्रोही विच भएको दोहोरो गोली हानाहानबाट सयौ गोली लागेको विद्युतको पोल फिर्ता ल्याउने अभियान सुरू भएको छ । जिल्ला प्रशासन सहित स्थानीय सरोकारवाला निकायसंग समन्वय नगरी रातारात गायब गरिएको पोल जिल्लामै ल्याउन सामाजिक सञ्जालमार्फत दवाव सुरू गरिएको छ ।
२०६६ सालमा म्याग्दीको सदरमुकाम बेनीबजारमा आयोजित आमसभामा सहभागि हुन आएका पुर्व माओवादी नेता डाक्टर बाबुराम भट्टराईले पोलको अवलोकन गर्दै । तस्विर ठाकुरप्रसाद आचार्य
स्थानीय प्रशासन, सरोकारवाला निकायसँग समन्वय नगरी रातारात गायव गरिएको विषयमा बेलाबेलामा बहस हुने गरेको भएपनि केन्द्रसम्म पुग्न सकेको थिएन । नेपाल जेसीजका सन् २०१५ का राष्ट्रिय अध्यक्ष धनन्जय कुमार श्रेष्ठले समेत पोल फिर्ता ल्याउने अभियानमा जुट्न अनुरोध गरेका छन् । युद्धको निसानीलाई केही ब्यक्तिले पैसा कमाँउने माध्यम बनाएको बताउँदै जनयुद्धका निसानीलाई संरक्षण गरेर नयाँ पुस्ता र पर्यटकलाई समेत आर्कषित गर्न सकिने म्याग्देलीको भनाई छ । बेनीको भ्रमणमा आउने सर्वसाधारण तथा राजनीतिक दलका नेताहरू पोलको अवलोकन गरेर फर्कने गरेका थिए ।
तत्कालिन विद्युत प्राधिकरणका प्रमुख सहित कर्मचारीको मिलेमतोमा जिर्ण पोल भन्दै ५ बर्ष अगाडी निकालिएपछि पाटनको एक रेष्टुरेन्टमा राखिएको छ ।
मानवअधिकारकर्मी कनकमण्ी दिक्षितले पोलले सार्वजनिक स्थानमा रहेको पोल केही कर्मचारीसंग मिलेर ब्यक्तिको क्याफेमा पु¥याएको पुष्टी भएपनि स्थानीय शान्ति समिति लगाएतका सरोकारवाला निकायले समेत बेवास्था गरिरहेका छन् । २०६० साल चैत्र ७ गते माओवादीले गरेको बेनी आक्रमणमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएकाको सम्झनास्थलको रुपमा पोल सहित संरचना बनाउन समेत म्याग्देलीले माग गरेका छन् । हरिकृष्ण गौतम

प्रतिक्रिया राख्नुहोस्