समाचार
तरुण दल म्याग्दीको अधिवेशन सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ जेठ । नेपाल तरुण दल म्याग्दीको तेस्रो जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम बेनीमा सुरु भएको छ । नयाँ नेतृत्व चयन गर्दै शनिबार सकिने अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सरकारले ल्याएको बजेट वितरण मुखी भएको र यसले महङ्गी बृद्धिमा प्रोत्साहित गरेको टिप्पणी गर्नुभयो । बजेटले गरिब र निमुखा वर्गहरुका लागि […]
कृषि उपजको बजार व्यवस्थापन गर्न माग माग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ जेठ । कृषि क्षेत्रका अधिकारीहरुसंग म्याग्दीका कृषकहरुले कृषि उपजको सहज बजारीकरणका लागि पहल गरिदिन माग गरेका छन् । जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गरेका योजना तथा कार्यक्रमहरुको अनुगमनमा आएको क्षेत्रीय स्तरको टोलीसंग अन्तरक्रिया गर्दै कृषकहरुले उत्पादीत कृषि उपज बजारसम्म पु¥याउन र बजारमा उचित मुल्य नपाउने समस्या रहेको गुनासो गरे । […]
रेडक्रस म्याग्दीको २५औं अधिवेशन शुरु

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, जेठ २१ गते । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको आजदेखि सदरमुकाम बेनीमा २५औं अधिवशेन शुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश रामप्रसाद शर्माले रेडक्रस मानवीय सेवा गर्ने संस्था भएकाले सोहीअनुसार सामाजिक कार्य गर्नुपर्ने बताए । उनले रेडक्रसमार्फत समाजमा विना भेदभाव मानवीय तथा सामाजिक कार्यहरु गर्नुपर्ने बताएका छन् […]
आज रेडक्रस म्याग्दी शाखाको अधिवेशन हुँदै

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, जेठ २१ गते । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको शुक्रबार हुने २५औं अधिवेशनको सबै तयारी पुरा भएको छ । शुक्रबार र शनिबार दुई दिनसम्म म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न हुन गैरहेको अधिवेशनको तयारी पुरा गरिएको रेडक्रस म्याग्दी शाखाले जनाएको छ । अधिवेशनमा रेडक्रस जिल्ला शाखा र जिल्लाका विभिन्न गाविसहरुमा रहेका उपशाखाबाट […]
राष्ट्रियस्तरको खेलमा म्याग्दीलाई दिलाईन् माउण्ट एभरेष्टकी पुनले काँस्य

कमल बानियाँ/विकल्प न्यूज म्याग्दी, जेठ–२० गते । राष्ट्रियस्तरको आठौं राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय प्रतियोगितामा म्याग्दीले एउटा काँस्यपदक जितेको छ । काठमाण्डौँमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा म्याग्दीले पहिलोपटक काँस्य पदक हात पार्न सफल भएको हो । कास्य पदक सदरमुकामस्थित माउण्ट एभरेष्ट आवासीय उच्च माविकी रश्मी पुनले (ज्यावलिङ थ्रो) हात पार्न सफल भएकी हुन् । गत बुधबारदेखि काठमाण्डौँमा […]
ज्यामरुककोट स्वास्थ्य चौकीको भवन निर्माण

विकल्प न्यूज/बेनी म्याग्दी,जेठ २० गते । एक करोड भन्दा बढीको लागतमा बेनी नगरपालीका ३ भकुण्डेमा ज्यामरुककोट स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भएको छ । सहरी आवास तथा भवन डिभिजन कार्यालय बागलुङले भूकम्प प्रतिरोधात्मक क्षमत्ता भएको अपांगमैत्री भवन निर्माण गरेको हो । उक्त भवन निर्माणका लागि एक करोड १९ लाख ४० हजार २४७ रुपैयाँ लगानी भएको […]
मंगला क्याम्पसलाई आर्थिक सहयोग

विकल्प न्यूज/बेनी म्याग्दी,जेठ २० गते । म्याग्दीको बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसलाई प्रवासी तथा स्थानीयबासीहरुबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ । क्याम्पसको भौतिक पुर्वाधार तयार गर्नका लागि आर्थिक स्रोत जुटाउन सञ्चालित अभियानका क्रममा पछिल्लो पटक बाबियाचौर ५ घर भई हाल अमेरीकामा ब्यवसाय गर्नुहुने राम मल्लले दुई लाख ५ हजार रुपैयाँ नगद सहयोग गर्नुभएको […]
बेनी नगरपालिकालाई सरसफाईमा नमुना बनाउने अभियान

विकल्प न्यूज/बेनी म्याग्दी,जेठ २० गते । बेनी नगरपालिकालाई सरसफाईमा नमुना बनाउन अभियान सञ्चालन गरिएको छ । जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दी, बेनी नगरपालिका कार्यालय,वास पत्रकार मञ्च म्याग्दी र टोलसुधार समितिहरुको संयुक्त प्रयासमा नगर क्षेत्रलाई सरसफाइयुक्त बनाउन अभियान सञ्चालन गरिएको हो । वास पत्रकार मञ्च म्याग्दीले साप्ताहिक रुपमा सञ्चालन गरेको कालिगण्डकी – म्याग्दी […]
बेनी–दरवाङ सडक कालोपत्रे सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,जेठ २० गते । म्याग्दीको सदरमुकामदेखि पश्चिमी क्षेत्रलाई जोड्ने बेनी–दरवाङ सडक कालोपत्रे गर्न सुरु भएको छ । सडक डिभिजन कार्यालय बागलुङले बेनी देखि सडक कालोपत्रे गर्ने काम सुरु गरेको हो । पहिलो चरणमा बेनी खानेपानी संस्थाको कार्यालय देखि माथि रहेको चोकबाट मंगलाघाटसम्म कालोपत्रे गर्न सुरु गरेको सडक डिभिजनले आगामी वर्ष पनि कालोपत्रे […]
धर्मान्तरणप्रति दलित समुदायमा किन रुचि बढ्दै छ ?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज म्याग्दी,जुेठ २० गते । वेनी झर्नु थियो । जीपले फुर्केसल्लाको चौतारीमा यात्रुहरु कुरिरहेको थियो । घरबाट जीपस्टपसम्म पुग्न करीब दश मिनेट ओरालो झर्नुको विकल्प थिएन । मलामी डाक्न शंख फुकेझै जीपको हर्न बजिरहेको एकोहोरा ध्वनीले गोडालाई अत्याइरहेको थियो । भन्न त जीपवालालाई अघिल्लै दिनदेखि एउटा सिट सुरक्षित राखि दिन अनुरोध गरिएको थियो […]
म्याग्दीमा नेपाल निजामती कर्मचारी संगठन विजयी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ जेठ । निजामती कर्मचारीको आधिकारीक टे«ड युनियन गठनका लागि बुधबार म्याग्दीमा पनि मतदान सम्पन्न भएको छ । ट्रेड युनियन निर्वाचनमा एमाले निकट नेपाली निजामती कर्मचारी संगठनले १७३ मत प्राप्त गरि पहिलो भएको छ । नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघले ९५, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन […]
धौलागिरी चक्रिय पदमार्गको सम्भाव्यता अध्ययन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ जेठ । म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरी चक्रिय पदमार्गको पर्यटकीय सम्भावनाको बारेमा सम्भाव्यता अध्ययन गरिएको छ । धौलागिरी पर्यटन विकास परिषद्को नेतृत्वमा बेनी देखि आधार शिवीर सम्म पुग्ने पदमार्गको अवस्था र सम्भावनाको विषयमा स्थलगत अध्ययन गर्न गएको टोली मंगलबार सदरमुकाम फर्कीएको छ । जेठ ११ गते बेनीबाट गएको टोलीले धौलागिरी […]
इराकबाट फर्किएका मल्लको गाउँमा आधुनिक बाख्रा फार्म

विकल्प न्यूज/बेनी म्याग्दी,जेठ १९ गते । म्याग्दीका एक युवाले इराकबाट फर्किएर गाउँमै आधुनिक प्रबिधि र संरचनाको प्रयोग गरेर बाख्रापालन सुरु गर्नुभएको छ । बेनी नगरपालीका ३ गौस्वाँराका ३७ वर्षिय बिराज मल्लले सञ्चालन गरेको सिद्धबराह बाख्रापालन तथा कृषि फार्ममा नयाँ शैली, प्रबिधि र संरचनाको प्रयोग गर्नुभएको छ । तिस मिटर लम्बाई र ५.२ मिटर चौडाई भएको […]
म्याग्दीका स्थानीय निकायका योजना अपारदर्शी

नीतिगत व्यवस्था कागजमै सीमित आयोजना स्थलमा राख्नुपर्ने सूचना पार्टी अध्यक्षको घरमा श्रीमान उपभोक्ता समितिको अध्यक्ष–श्रीमती अनुगमन समितिको संयोजक अनुगमन र नियमन गर्न स्थानीय निकायको बेवास्ता योजनामा अनियमितता र बजेट दुरुपयोग बढेको गुनासो सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,जेठ १९ गते । म्याग्दीका स्थानीय निकायले अपारदर्शी ढङगले विकास योजना तथा कार्यक्रमहरु सञ्चालन गरेका छन् । जिविस, नगरपालिका र […]
यसरी सुरु भयो म्याग्दीमा ट्रेड युनियन निर्वाचनको मतदान (फोटो)

विकल्प न्यूज/बेनी म्याग्दी, जेठ १९ गते । म्याग्दीमा निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन निर्वाचनको मतदान सुरु भएको छ । विहान ९ बजेर १७ मिनेटमा मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकृत खेमराज पाठकले बताउनुभयो । पशुसेवा कार्यालयमा कार्यरत कार्यालय सहयोग युदेवी शाक्यले पहिलो मतदान गर्नुभएको छ । अहिले जिविस सभाहलमा शान्त वातावरणमा मतदान भइरहेको छ । […]