ताजा समाचार:
Search

तरुण दल म्याग्दीको अधिवेशन सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २१ जेठ ।
नेपाल तरुण दल म्याग्दीको तेस्रो जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम बेनीमा सुरु भएको छ ।

नयाँ नेतृत्व चयन गर्दै शनिबार सकिने अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सरकारले ल्याएको बजेट वितरण मुखी भएको र यसले महङ्गी बृद्धिमा प्रोत्साहित गरेको टिप्पणी गर्नुभयो ।Tarun Dal

बजेटले गरिब र निमुखा वर्गहरुका लागि सम्वोधन नगरेको बताउनुभयो । नेपालको विकासका लागि प्रकृति, सामथ्र्य र संस्कृतिको सदुपयोग गर्नु पर्नेमा नेता खाँडले जोड दिनुभयो ।
पूर्व सिंचाइमन्त्री खाँणले हालै सम्पन्न निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन र त्यसको परिणामतर्फ संकेत गर्दै कर्मचारीहरुले राजनीतिक आस्थाका आधारमा सेवाग्राहीलाई पूर्वाग्रही व्यवहार गरेमा त्यसको परिणाम राम्रो नहुने चेतावनी दिनुभयो ।

कार्यक्रममा सांसद एवं नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति रेशमवहादुर बानियाँ, सभापति खमविर गर्वुजा, सचिव हरिकुमार श्रेष्ठ, भूतपूर्व सभापति डा. भुपेन्द्रवहादुर खड्का, भूतपूर्व सहसभापति नेत्रवहादुर महत लगाएतका नेताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम तरुण दल म्याग्दीका अध्यक्ष मुकुन छन्त्यालको अध्यक्षता र सचिव धु्रवराज कार्कीको संचालनमा सम्पन्न भएको थियो ।