ताजा समाचार:
Search

यसरी सुरु भयो म्याग्दीमा ट्रेड युनियन निर्वाचनको मतदान (फोटो)

विकल्प न्यूज/बेनी
म्याग्दी, जेठ १९ गते । म्याग्दीमा निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन निर्वाचनको मतदान सुरु भएको छ । विहान ९ बजेर १७ मिनेटमा मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकृत खेमराज पाठकले बताउनुभयो । nijamati 1
पशुसेवा कार्यालयमा कार्यरत कार्यालय सहयोग युदेवी शाक्यले पहिलो मतदान गर्नुभएको छ । अहिले जिविस सभाहलमा शान्त वातावरणमा मतदान भइरहेको छ ।  nijamati 3 nijamati 4   DSC00612
सरकारले निजामती कर्मचारीहरुको टे«ड युनियनलाई व्यवस्थित गर्दै उनिहरुको हक अधिकारका विषयमा सामुहिक सौदावाजी गर्ने वातावरण बनाउन आधिकारीक ट्रेड युनियन निर्वाचन गर्न लागेको हो ।DSC00621

म्याग्दीमा ३५० जना निजामती कर्मचारी मतदाता रहेका जिल्ला निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत पाठकले जानकारी दिनुभयो । म्याग्दीका निजामती कर्मचारीहरुका लागि जिविस सभाहलमा बिहान ९ देखि साँझ ५ बजेसम्म मतदान गर्ने ब्यवस्था मिलाइएको पाठकले बताउनुभयो ।nijamati

टे«ड युनियन निर्वाचनलाई लक्षित गरेर प्रहरीले सुरक्षा सर्तकता र सक्रियता बढाएको छ । समानुपातीक प्रणालीमा निर्वाचन हुन लागेको हो । साँझ ५ बजे मतदान सम्पन्न भएपछि बेनीमा यहीनै मतगणना गरेर परिणाम केन्द्रमा पठाइने निर्वाचन अधिकृत पाठकले बताउनुभयो ।nijamati2

निर्वाचनमा कार्यालय प्रमुख, संस्थान र स्वास्थ्य सेवा बाहेकका कर्मचारीले मतदान गर्न पाउने ब्यवस्था छ । छ वटा कर्मचारी संघ, संगठनहरु उमेद्वार रहेको निर्वाचनमा दश प्रतिशत भन्दा कम मत ल्याउने संगठनले आधीकारीक टे«ड युनियनको मान्यता नपाउने जनाइएको छ ।DSC00622

संगठनले मत पाएको आधारमा पदाधीकारी र कार्यसमिति सदस्यहरुको पद तथा संख्या बिभाजन हुने ब्यवस्था रहेको छ । म्याग्दीमा नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघ, एमाले निकट नेपाल निजामती कर्मचारी संगठन र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती रहेका छन् । कर्मचारीको निर्वाचनमा राजनीतिक दलहरुले पनि चासो दिएका छन् ।DSC00619 DSC00609DSC00594तस्विरहरु ठाकुरप्रसाद आचार्य