ताजा समाचार:
Search

मंगला क्याम्पसलाई आर्थिक सहयोग

विकल्प न्यूज/बेनी
म्याग्दी,जेठ २० गते ।

म्याग्दीको बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसलाई प्रवासी तथा स्थानीयबासीहरुबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ ।Mangala campus (2)

क्याम्पसको भौतिक पुर्वाधार तयार गर्नका लागि आर्थिक स्रोत जुटाउन सञ्चालित अभियानका क्रममा पछिल्लो पटक बाबियाचौर ५ घर भई हाल अमेरीकामा ब्यवसाय गर्नुहुने राम मल्लले दुई लाख ५ हजार रुपैयाँ नगद सहयोग गर्नुभएको ।

मल्लले दिगंगत बुवा आमाको स्मृतीमा अभियानका बिदेश बिभाग प्रमुख सतप्रसाद रोका मार्फत नगद उपलब्ध गराउनुभएको हो । यसैगरी बाबियाचौर ८ रणवाङ घर भई हाल काठमाडौमा होटल ब्यवसाय गर्नुहुने धनबहादुर कार्कीले ५१ ह्जार रुपैयाँ सहयोग गर्नुएभएको छ । Mangala campus (1)
मंगला उच्च माविका शिक्षक बलबहादुर कार्कीले ५० हजार नगद र अर्मन ६ गहतेका मनबहादुर फगामीले ६० हजार रुपैयाँ बराबरको फ्याक्स र प्रिन्टर मेसीन सहयोग गर्नुभएको क्याम्पसले जनाएको छ । आफ्नै जग्गा नहुँदा समस्यामा परेको क्याम्पसले भवन लगायतका पुर्वाधार निर्माण गर्न बाबियाचौरको लाम्पाटामा हालै जग्गा खरिद गरेको छ ।