सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ जेठ ।
निजामती कर्मचारीको आधिकारीक टे«ड युनियन गठनका लागि बुधबार म्याग्दीमा पनि मतदान सम्पन्न भएको छ ।
ट्रेड युनियन निर्वाचनमा एमाले निकट नेपाली निजामती कर्मचारी संगठनले १७३ मत प्राप्त गरि पहिलो भएको छ । नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघले ९५, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले ४२ र मधेसी कर्मचारी मञ्चले तिन मत प्राप्त गरेका छन् ।
३५० जना मतदाता रहेकामा ३१८ मत खसेको र पाँच मत बदर भएको निर्वाचन अधिकृत खेमराज पाठकले जानकारी दिनुभयो । बिहान ९ बजेदेखि जिविस परिसरमा मतदान भएको थियो ।
निर्वाचनमा दश प्रतिशत भन्दा कम मत ल्याउने संगठनले आधीकारीक टे«ड युनियनको मान्यता पाउने छैनन् । संगठनले मत पाएको आधारमा पदाधीकारी र कार्यसमिति सदस्यहरुको पद तथा संख्या बिभाजन हुने ब्यवस्था रहेको छ । समानुपातीक प्रणालीमा निर्वाचन गरिएको हो ।
धेरै मत ल्याउने संगठनले अध्यक्ष र कोषाध्यक्ष, दोस्रो हुनेले उपाध्यक्ष तथा तेस्रो हुनेले सचिव पद पाउने व्यवस्था रहेको छ । सदस्य पदमा संगठनले पाएको मत संख्याको आधारमा समानुपातीक हिसावले बाँडफाड हुने जनाइएको छ ।
यसैबीच नेपाली निजामती कर्मचारी युनियन संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले छुट्टा छुट्टै प्रेस विज्ञप्ती प्रकाशन गरेर बुधबार भएको ट्रेड युनियन निर्वाचनमा सहभागि हुन विभिन्न ठाउँबाट आएका कर्मचारीलाई होटलमा बन्धक बनाइएको र स्वतन्त्र पुर्वक मतदान गर्ने अधिकारबाट बञ्चित गराएको आरोप लगाएका छन् ।
1 thoughts on “म्याग्दीमा नेपाल निजामती कर्मचारी संगठन विजयी”