कमल बानियाँ/विकल्प न्यूज
म्याग्दी, जेठ–२० गते ।
राष्ट्रियस्तरको आठौं राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय प्रतियोगितामा म्याग्दीले एउटा काँस्यपदक जितेको छ । काठमाण्डौँमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा म्याग्दीले पहिलोपटक काँस्य पदक हात पार्न सफल भएको हो । कास्य पदक सदरमुकामस्थित माउण्ट एभरेष्ट आवासीय उच्च माविकी रश्मी पुनले (ज्यावलिङ थ्रो) हात पार्न सफल भएकी हुन् ।
गत बुधबारदेखि काठमाण्डौँमा सुरु भएको खेलमा पश्चिमाञ्चलको प्रतिनिधीत्व गर्दै पुनले काँस्य पदक दिलाएकी हुन् । पुनसँगै काठमाण्डौँमा पुगेका म्याग्दीका अन्य खेलाडीहरुले भने कुनै पदक हात पार्न नसकेको बताईएको छ । देशभरिबाट आएका सबै प्रतियोगीलाई उछिन्नो सबै भन्दा कठिन पनि हो तर पुनले म्याग्दीको गौरवलाई थप एक ईट्टा दिन सफल भएकीछिन् । स्मरण रहोस् पोखरामा सम्पन्न खवेलमा म्याग्दीका ५ खेलाडी छनौटमा पर्न सफल भएका थिए । ‘छोटो समयको तयारी भएर पनि सम्मानजनक पदक ल्याएका छौं,’ प्रशिक्षक बानियाँले भने, यसले आगामी वर्षको तयारीका लागि धेरै सिकाएको छ ।
गत माघको पहिलो सातादेखि जिल्लामा सञ्चालन भएको दोस्रो राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट भएका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा खेलाडी स्वयंले पनि धेरै सिक्ने मौका पाएको खेलकूद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । आर्थिक अभावका बाबजुद आन्तरिक रुपमा खर्च जुटाएर प्रतियोगितामा भाग लिएको जानकारी दिँदै अध्यक्ष विकले खेलक्षेत्रमा लगानी भए जिल्लाको सम्भावना बलियो रहेको कुरा पछिल्लो प्रतियोगिताले पुष्टि गरेको बताए ।