ताजा समाचार:
Search

कृषि उपजको बजार व्यवस्थापन गर्न माग माग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २१ जेठ ।
कृषि क्षेत्रका अधिकारीहरुसंग म्याग्दीका कृषकहरुले कृषि उपजको सहज बजारीकरणका लागि पहल गरिदिन माग गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गरेका योजना तथा कार्यक्रमहरुको अनुगमनमा आएको क्षेत्रीय स्तरको टोलीसंग अन्तरक्रिया गर्दै कृषकहरुले उत्पादीत कृषि उपज बजारसम्म पु¥याउन र बजारमा उचित मुल्य नपाउने समस्या रहेको गुनासो गरे ।

क्षेत्रीय कृषि निर्देशनालय, पश्चिमाञ्चलका १६ वटै जिल्लाका बरिष्ठ कृषि विकास अधिकृत, अनुसन्धान केन्द्र र क्वारेन्टाईन कार्यालयका प्रमुखहरुसंग बेनपा १ लामगरामा भएको अन्तरक्रियामा कृषकहरुले बजारलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका हुन् ।DSC02568
बिचौलीयाको कारण उत्पादन गर्ने कृषकले उचित मुल्य नपाउने र उपभोक्ताले बढी मुल्य तिर्नुपर्ने समस्या रहेकाले कृषि उपजको मूल्य निर्धारण र बजारलाई व्यवस्थीत गर्न सके कृषकलाई राहत मिल्ने लामगरा ब्यवसायीक कृषि सहकारी संस्थाका अध्यक्ष कमल थापाले बताउनुभयो ।

यसैगरी कृषकहरुले सिचाई सुबिधाका लागि नदीबाट पानी तान्ने प्रबिधिको विकास, बिषादीको प्रयोगका क्रममा अपनाउनुपर्ने साबधानीको बारेमा तालीम, स्थानीयबालीको संरक्षण र रोगकिरा नियन्त्रण सम्बन्धि योजना तथा कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । यातायात सेवामा सहज पहुँच नहुँदा तरकारी, फलफुल र पशुजन्य पदार्थको ढुवानीमा समस्या भएको कृषकहरुको भनाई थियो ।

सडक भएपनि यातायातका साधन सञ्चालन नहुँदा कृषक मर्कामा परेको गुनासो गरेका थिए । पश्चिमाञ्चल क्षेत्रीय निर्देशक बेनीबहादुर बस्नेतको नेतृत्वमा रहेको टोलीले लामगरा ब्यवसायीक कृषि सहकारी संस्थाले सञ्चालन गरेको सहकारी खेती आयोजना, तातोपानीमा निर्मीत कृषि उपज संकलन केन्द्र, सिंगा र रत्नेचौरको तरकारी खेती अनुगमन गरेको थियो ।
कृषि सम्बन्धि योजना तथा कार्यक्रम सञ्चालनमा भएका राम्रा अभ्यासको अवलोकन, समस्याको पहिचान र अनुभव आदानप्रदान गर्ने उद्देश्यले क्षेत्रीय स्तरको अनुगमन टोली म्याग्दीमा आएको बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो ।