ताजा समाचार:
Search

समाचार

म्याग्दीमा आधिकारिक ट्रेड युनियनको अध्यक्षमा सापकोटा

विकल्प न्यूज/बेनी म्याग्दी,असार २ गते । म्याग्दीमा निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको अध्यक्षमा चन्द्रमणि सापकोटा चयन हुनुभएको छ । गत जेठ १९ गते भएको निर्वाचनमा विजयी भएका तीन कर्मचारी सङ्गठनको सहभागितामा आधिकारिक टे«ड युनियन गठन भएको हो । निर्वाचनमा सबैभन्दा धेरै मत प्राप्त गरेको नेपाल निजामती कर्मचारी सङ्गठनका चन्द्रमणि सापकोटाका अध्यक्षतामा गठन भएको युनियनका पदाधिकारी […]

यात्रा स्मरण ः धौलागिरीमा पर्यटनको संभावना

हरिप्रसाद पौडेल/विकल्प न्यूज म्याग्दी,असार १ गते । जेठ दोस्रो साता तिन वर्ष अगाडि देखिको धौलागिरी आधार शिविर जाने लक्ष्य पुरा भयो । जिल्ला विकास समिति म्याग्दी वाट धौलागिरी आधार शिविर सम्मको अवस्था र सम्भावनाको अध्ययन, अवलोकन गर्र्ने कार्यक्रम तय गरी ब्यवस्थापनको जिम्मा धौलागिरी पर्यटन परिषद म्याग्दी लाई दिइएको थियो । “वाह्र वर्षमा…आएको, म…लाई ज्वरो आएको” […]

मुस्ताङमा दुईदेशिय ब्यापार मेला सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ असार । नेपाल र चिनको स्वशासीत क्षेत्र तिब्बतको सिमा क्षेत्रमा बुधबारदेखि दुईदेशिय ब्यापार मेला सुरु भएको छ । ब्यापार मेलालाई लक्षित गरेर चिनले कोरला नाका २५ दिनका लागि खुल्ला गरेको छ । यसअघि वर्षमा दुई पटक ७७ दिन सञ्चालन हुदै आएको ब्यापार मेला यसपाली करिब एक महिना हुने भएको हो […]

विपद् व्यवस्थापनमा म्याग्दी जिविसको असहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ असार । बर्खा याम सुरु हुनै लाग्दा मिलेर बिपद् ब्यवस्थापनको तयारीमा जुट्नुपर्ने अवस्थामा म्याग्दीका सरोकारवाला दुई कार्यालयबीच द्धन्द्ध बढेको छ । पहिरो, भुक्षय र नदी कटानको जोखिममा रहेको म्याग्दी जिल्लाका बस्तीहरुलाई क्षत्ती हुनबाट जोगाउन तथा सम्भावीत विपद्को व्यवस्थापनका लागि तयारी गर्नुपर्ने बेलामा जिल्ला विकास समिति र भुसंरक्षण कार्यलय एक अर्कालाई […]

बरंजामा सात वटा संरक्षणमुलक आयोजना निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३२ जेठ । म्याग्दीको बरंजामा यस वर्ष सात वटा संरक्षणमुलक आयोजना निर्माण भएको छ । जिल्ला भुसंरक्षण कार्यालयको आर्थिक तथा प्राबिधिक सहयोग र समुदायको सहयोगमा पानीको मुहान, सिचाई कुलो संरक्षण र पहिरो नियन्त्रण सम्बन्धि योजना निर्माण भएका हुन् । भुसंरक्षण कार्यालयको चार लाख ९६ हजार ६६५ रुपैया सहयोग र समुदायको चार […]

राप्रपा म्याग्दीका अध्यक्ष रावललाई पितृशोक

विकल्प न्यूज/बेनी जेठ ३२ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) म्याग्दीका अध्यक्ष एकेन्द्रबहादुर रावललाई पितृ शोक परेको छ । बेनी नगरपालिका १ रत्नेचौर निवासी रावलका बुवा टेकबहादुर रावलको जेठ २९ गते ८० वर्षको उमेरमा निधन भएको हो । तत्कालीन रत्नेचौर गाउँ पञ्चायतका प्रधानपञ्च रावलको निधनप्रती राप्रपा म्याग्दीको मंगलबार बसेको बैठकले शोक व्यक्त गर्दै दिवंगतप्रती श्रद्धाञ्जली […]

बेनी सामुदायिक उच्च माविको कक्षा कोठा भवन र सभाहल उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३२ जेठ । सदरमुकाममा रहेको बेनी सामुदायिक उच्च माविको नवनिर्मीत कक्षा कोठा भवन र सभाहलको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । शिक्षक अभिभावक संघ पुर्नगठनका लागि आयोजित अभिभावक भेलाका अवसरमा स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले सभाहल र जिशिअ रामप्रसाद अधिकारीले कक्षा कोठा भवनको उद्घाटन गर्नुभएको हो । जिल्ला शिक्षा […]

क्याम्पस चोकमा भलबाढीको निकास खोज्न समिति गठन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३२ जेठ । बेनी बजारको क्याम्पसचोकमा आउने भलबाढीलाई सुरक्षित रुपमा निकास दिनका लागि देखिएको समस्या समाधानका लागि पहल गर्न मंगलबार एक समिति गठन भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा भएको सर्वदलीय, सर्वपक्षिय भेलाले बेनी नगरपालिकाका कार्यकारी अधिकृत छवीलाल सुवेदीको नेतृत्वमा क्याम्पसचोक देखि कालीपुल सम्मको नालीमा बाढीलाई कसरी सहज निकास […]

बहश ः बेनीमा बाढीको समस्या कसरी समाधान होला ?

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३२ जेठ । म्याग्दी र कालीगण्डकीको दोभान तथा भिरालो पाखाको फेदीमा रहेको सदरमुकाम बेनीबजार बाढी र कटानको चपेटामा परेको छ । कटान नियन्त्रणका लागि कालीगण्डकी किनारमा पक्कि पर्खाल निर्माण गर्न सुरु भएपनि बस्ती माथिबाट आउने बाढीले बेनीको भविष्यमा चुनौती थपेको छ । गत शनिबार राती चौथोपटक क्याम्पसचोक र मंगलाघाटमा बाढीले बितण्डा […]

किन बनाउने स्थानीय निकायलाई सूचना तथा संचार प्रविधि मैत्री ?

रुद्र प्रसाद अधिकारी/विकल्प न्यूज म्याग्दी,जेठ ३१ गते । आजको युग भनेको बिज्ञान र प्रविधिको युग हो। हाम्रो दैनिक जीवन प्रविधिमा निर्भर छ , त्यसमा पनि सूचना तथा संचार प्रविधिमा अझ बढी छ । हामी एक सेकेन्ड पनि सूचना तथा संचार प्रविधिबाट अलग रहन सक्दैनौ। सूचना तथा संचार प्रविधिबिना हाम्रो जीवन कस्तो हुन्छ भनेर कल्पना पनि […]

आर्थिक स्रोतको अभावमा स्रोत कक्षा सञ्चालनमा समस्या

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३२ जेठ । दिगो आर्थिक स्रोतको अभावमा अपाङ्गता भएका बालबालीकालाई शिक्षाको पहुँचमा ल्याउन स्थापीत स्रोत कक्षाहरु सञ्चालन गर्न समस्या भएको छ । दृष्टिबिहीन, सुस्त श्रवण र वौद्धीक अपाङ्गता भएका बालबालीकाहरुलाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले सञ्चालीत स्रोत कक्षाहरु संकटमा परेका हुन् । सिंगाको धौलागिरी माविमा बहिरा, बगुवाखोलाको बालजागृती प्राबिमा बौद्धिक अपाङ्गता र […]

बेगखोला पूर्ण सरसफाइयुक्त गाविस घोषणा (फोटो सहित)

विकल्प न्यूज/बेनी म्याग्दी,जेठ ३१ गते । जिल्लाको बेगखोला गाउँ सरसफाइमा नमुना गाविस भएको छ । बेगखोलालाई सोमबार एक कार्यक्रमको आयोजना गरेर पूर्ण सरसफाईयुक्त गाविस घोषणा गरिएको छ । म्याग्दीका स्थानीय विकास अधिकारी चिरन्जीवी पौडेलले बेगखोलालाई पूर्ण सरसफाइयुक्त गाविस घोषणा गर्नुभएको हो । घोषणा कार्यक्रममा स्थानीयवासीहरुले बाजागाजा र नाचगान गरेर खुसियाली मनाएका छन् ।      […]

अक्षर चिन्दै आमाहरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,जेठ ३१ गते । बेनी नगरपालीका ७ कालीपुलकी ५८ वर्षिया भूलमाया तिलीजालाई आफ्नै हातले नाम, थर लेख्ने ठूलो धोका छ । उहाँलाई उपभोक्ता समितिको बैठक, आमभेलामा सहभागी हुँदा र कार्यालयमा निवेदन लिएर जाँदा लेखपढ गर्न नजानेका कारण दःुख र असजिलो लाग्ने गरेको छ । थरथर हात कमाएर भएपनि हस्ताक्षर सम्म गर्न सक्ने […]

म्याग्दीमा माओवादीका दुई नेता प्रहरी नियन्त्रणमा,विनासर्त रिहा गर्न माग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ जेठ । दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको टावरमा आगजनी गरेको घटनाका विषयमा छानविन गर्न प्रहरीले नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपा माओवादीका दुई जना नेताहरुलाई नियन्त्रणमा लिएको छ । बेनीको जिल्ला प्रशासन कार्यालय अगाडी ब्यापार गर्दै आएका नेकपा माओवादी अन्तरगतको जिल्ला जनसरकार प्रमुख लालु किसान (आकाश) र सदस्य पदम पुन (फिल्टर)लाई प्रहरीले […]

बेनीमा बाढीले करिब डेढ करोडको क्षत्ती

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० जेठ । बेनी बजारमा गएराती आएको बाढील घर तथा पसलहरुमा करिब डेढ करोड रुपैयाँ बराबरको धनमालको क्षत्ती गरेको छ । बस्ती माथि रहेको निर्माणाधिन बेनी–देउराली सडकबाट आएको बाढीले एक सय भन्दा बढी घर तथा पसलमा क्षत्ती पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १२० घरमा हिलो पस्दा एक करोड ३८ […]