बरंजामा सात वटा संरक्षणमुलक आयोजना निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३२ जेठ ।
म्याग्दीको बरंजामा यस वर्ष सात वटा संरक्षणमुलक आयोजना निर्माण भएको छ ।
जिल्ला भुसंरक्षण कार्यालयको आर्थिक तथा प्राबिधिक सहयोग र समुदायको सहयोगमा पानीको मुहान, सिचाई कुलो संरक्षण र पहिरो नियन्त्रण सम्बन्धि योजना निर्माण भएका हुन् ।
भुसंरक्षण कार्यालयको चार लाख ९६ हजार ६६५ रुपैया सहयोग र समुदायको चार लाख २७ हजार ६३७ रुपैया बराबरको सहभागीतामा निर्माण भएका आयोजनाहरुबाट ३१७ घरधुरीका एक हजार ५८६ जनसंख्या लाभान्वित भएका भुसंरक्षण अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरंजा गाविसको २, तिन, ४, ६ र ९ नम्बर वडामा पानीको मुहान संरक्षण योजना निर्माण भएको छ । यसैगरी बरंजा ४ र ८ मा सिचाई कुलो संरक्षण तथा ५ नम्बर वडामा पहिरो नियन्त्रण सम्बन्धि योजना निर्माण भएको छ ।

कार्यालयद्धारा सञ्चालित सामुदायिक विकास तथा वन जलाधार संरक्षण आयोजना अन्तरगत बरंजा गाविसमा विगत तिन वर्षदेखि वातावरण, पहिरो र भुक्षय रोकथाम तथा पानीका मुहान संरक्षण सम्बन्धि योजनाहरु निर्माण हुदै आएको छ ।