ताजा समाचार:
Search

म्याग्दीमा माओवादीका दुई नेता प्रहरी नियन्त्रणमा,विनासर्त रिहा गर्न माग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३१ जेठ ।
दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको टावरमा आगजनी गरेको घटनाका विषयमा छानविन गर्न प्रहरीले नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपा माओवादीका दुई जना नेताहरुलाई नियन्त्रणमा लिएको छ ।filtar

बेनीको जिल्ला प्रशासन कार्यालय अगाडी ब्यापार गर्दै आएका नेकपा माओवादी अन्तरगतको जिल्ला जनसरकार प्रमुख लालु किसान (आकाश) र सदस्य पदम पुन (फिल्टर)लाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो ।maost

पसलमा काम गरिरहेको अवस्थामा उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीका जिल्ला नेता गोपाल शर्माले बताउनुभयो । शर्मालाई पनि आईतबार साँझ प्रहरीले नियन्त्रणमा लिएर केही समय सोधपुछ गरेपछि छोडेको थियो ।

एनसेलको टावरमा आगजनी भएको घटनाको छानविनका लागि उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले बताउनुभयो । बेनी नगरपालीका ४ बञ्चरेडील स्थित एनसेलको टावरमा शनिबार साँझ आगजनी भएको थियो । आगजनीबाट जेनेरेटरमा क्षत्ती पुगेको थियो ।
यसै गरि विप्लब माओबादी म्याग्दीले प्रेस विज्ञप्ती प्रकाशित गरि पक्राउ परेका नेतालाई विनासर्त रिहा गर्न माग गरेको छ । माओबादीका जिल्ला नेता गम वहादुर श्रीस(विजेता)ले प्रेस विज्ञाप्ती प्रकाशित गरि यस्तो माग गर्नुभएको हो । उहाँले विना सर्त आफ्ना नेतालाई रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।