ताजा समाचार:
Search

बेगखोला पूर्ण सरसफाइयुक्त गाविस घोषणा (फोटो सहित)

विकल्प न्यूज/बेनी
म्याग्दी,जेठ ३१ गते । जिल्लाको बेगखोला गाउँ सरसफाइमा नमुना गाविस भएको छ । बेगखोलालाई सोमबार एक कार्यक्रमको आयोजना गरेर पूर्ण सरसफाईयुक्त गाविस घोषणा गरिएको छ । 13432236_1302155623147592_1174950678349034616_nम्याग्दीका स्थानीय विकास अधिकारी चिरन्जीवी पौडेलले बेगखोलालाई पूर्ण सरसफाइयुक्त गाविस घोषणा गर्नुभएको हो । घोषणा कार्यक्रममा स्थानीयवासीहरुले बाजागाजा र नाचगान गरेर खुसियाली मनाएका छन् ।

begkhola 11 13315694_1302156923147462_6523047477640650847_n   begkhola9 begkhola 1 begkhola 2 begkhola 3 begkhola 4  begkhola 6
कार्यक्रममा जिल्ला स्थिति राजनीतिक दलका प्रतिनिधि र विभिन्न सरकारी तथा गैरसरकारी सघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको छ । begkhola 5
गाविसका सबै घरधुरीका बासिन्दाले पक्की शौचालयको प्रयोग, नियमति सरसफाइ, आधरभूत खानेपानीको सुबिधा, व्यक्तिगत आनीबानीमा परिवर्तन, वातावरणीय र घरायसी सरसफाइ सम्बन्धी विभिन्न ६ सूचक पुरा गरेपछि गाउँलाई पूर्ण सरसफाइयुक्त गाविस घोषणा गरिएको खोनेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो । begkhola 10
खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दी र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरण जिविस म्याग्दीले बेगका स्थानीयवासीहरुलाई सरसफाइ र आनीबानी सम्बन्धि विभिन्न कार्यक्रमहरु गरिएको वास सहजकर्ता गोविन्द पौडेलले बताउनुभयो ।begkhola 7
४ सय २५ घरधुरी सबैमा पूर्ण सरसफाइका सुचकहरुलाई सर्वसाधारणहरुले व्यवहारमा कार्यान्वयन गरेका छन् । स्थानीयहरुले गाउँमा रहेका सार्वजनिक स्थलहरुको साप्ताहिक रुपमा सरसफाइ गर्ने गरेको सामाजिक परिचालिका पुष्पा बुदुजा पुनले बताउनुभयो । begkhola 8
साथै सोमबार नै गाउँलाई घरभित्रको धुवामुक्त घोषणा गरिएको छ । गाउँका सवै घरधुरीमा सुधारिएको चुलो जडान गरिएको छ । जिल्लाका दाना, राम्चे, झिँ, हिस्तान गाविस पूर्ण सरसफाईयुक्त गाविस घोषणा भईसकेका छन् । घोषणा कार्यक्रम अहिले बेगमा भइरहेको छ ।


1 thoughts on “बेगखोला पूर्ण सरसफाइयुक्त गाविस घोषणा (फोटो सहित)

Comments are closed.